पाथीभरा घटना : सरकारले दमन गरेको भन्दै आन्दोलनको घोषणा

काठमाडौँ । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले माघ १२ गते सशस्त्र प्रहरीले निहत्था जनतामाथि बरबर दमन गरेको भन्दै त्यसको विरोधमा आन्दोलन घोषणा गरेको छ । सोमबार सो समितिले एक विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेको हो ।
विज्ञप्तिमा २०८१ माघ १३ गतेका लागि शान्तिपूर्ण जनप्रदर्शनको तयारी गरिरहेका बेला माघ १२ गते बेलुकी फुङलिङ नपा ११ स्थित बलुडाँडामा सशस्त्र प्रहरीले निहत्था जनतामाथि दमनचत्र चलाएको आरोप लगाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘धार्मिक स्थललाई युद्ध मैदानमा परिणत गरी ताप्लेजुङलाई अशान्त बनाइएको छ । दलाल माफियाद्वारा पालित पोषित नस्लवादी राज्यको यो क्रूर दमन चक्रको मुक्कुमलुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समिति घोर आपत्ति, निन्दा र भर्त्सना गर्दछ ।’
सो समितिले ५ बुँदे आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ । जसमा २०८१ माघ १५ गतेदेखि अनिश्चितकालीन मेची राजमार्ग, तमोर करिडोर, तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकाहरू र ताप्लेजुङभित्र यातायात बन्द गरिने, पाथीभरा क्षेत्र विकास समिति खारेज गरिनुपर्ने लगायतका माग राखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालिकार्जुन गाउँपालिकाले मासिक रूपमा शिक्षकको तलब खातामै पठाउने
-
‘शिक्षकहरुको धैर्यताको बाँध टुट्ने अवस्थामा पुगिसक्यो’
-
दुर्गा प्रसाईंको सचिवालयले भन्यो– आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण
-
माल्टामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने पहल, ‘नेपाली डे’ मनाइँदै
-
पतिबाट बच्चा नहुने भएपछि जेठाजुसँग शारीरिक सम्बन्ध राख्न दबाब
-
टिकापुर बहुमुखी क्याम्पसमा नेविसंघका साउँद अध्यक्षमा विजयी