सत्तापक्षीय दलको निष्कर्ष : विपक्षीले मोर्चाबन्दी गरेर सरकारलाई ढुंगा हान्न खोज्यो

काठमाडाैँ । सत्ता पक्षीय दलहरूले संसदका काम कारबाही र सरकारका सकारात्मक कामका बारेमा एक ठाउँमा उभिँदै अघि बढ्ने निष्कर्ष निकालेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको ती दलका शीर्ष नेताहरूको बैठकले यस्तो निष्कर्ष निकालेको सत्तारुढ दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
‘संसद्को काम कारबाहीमा सत्तारुढ दलहरू एउटै लय र एउटै गतिमा उभिने तथा सरकारका सकारात्मक कामको पक्षमा दरिलो साथ र समर्थन जनाउँदै अघि बढ्ने निष्कर्ष निस्किएको छ’, बर्तौलाको भनाइ छ ।
उनले आगामी हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन सत्तापक्षका तर्फबाट सक्रिय सहभागितामा जोड दिने सहमति भएका बताए ।
‘सिर्जनात्मक र रचनात्मक बहस गर्ने,प्रतिपक्षले गलत ढंगले अनर्गल ढंगले प्रचार गर्न खोजेको छ । मोर्चवन्दी गरेर ढुंगा हान्न खोजेको छ यसका बारेमा पनि सत्तारुढ दलले एकताबद्ध ढंगले अभिव्यक्ति दिने र भुमिका निर्वाह गर्ने सहमति भएको छ’, बर्तौलाले रातोपाटीसँग भने, ‘दल विशेष केही सल्लाह गर्नुपर्ने अवस्था आएमा निरन्तर छलफल गर्ने तथा समग्रमा सत्तारुढ दलमा असहमति र असमझदारी छैन भन्नेमा छलफल भएको छ ।’
बैठकमा अध्यादेशका बारेमा पनि छलफल भएको र बोल्ने नेताहरूले अध्यादेशमा राम्रा कुरा आएको र स्वागतयोग्य रहेको बताएको बर्तौलाको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थाइल्यान्डमा 'वान टु वान' वार्ताले ल्याउला त सम्बन्धमा सुधार ?
-
विशेषको फैसला चित्त नबुझेपछि भ्रष्टाचारका १२ वटा मुद्दा लिएर सर्वोच्च पुग्यो अख्यितार
-
वडाध्यक्षलाई कार्यवाहक दिने निर्णय कार्यान्वयन नगर्न उच्चको आदेश
-
शिक्षक महासंघले शिक्षा मन्त्रालयलाई बुझायो ध्यानाकर्षण पत्र
-
बजेट तयारी-छलफल : उत्पादन र रोजगारी वृद्धि गर्ने गरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन
-
धरानको जङ्गलमा भेटिएकी महिलाको पहिचान खुल्यो, घटना शंकास्पद