मेयर र उपमेयरलाई फसाउन खोजिएको भन्दै सर्लाहीमा माओवादीको प्रदर्शन
सोमबार, १४ माघ २०८१, १९ : ५०

सर्लाही । बागमती नगरपालिकाका मेयर भरतकुमार थापा र उपमेयर लिलाकुमारी मोक्तानलाई फसाउन खोजेको भन्दै माओवादी केन्द्र समर्थित कार्यकर्ताहरूले मसाल जुलुस निकालेका छन्।
सोमबार साँझ निकालिएको जुलुसमा सहभागी माओवादी कार्यकर्ताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए।
सरकारले झुटा मुद्दा लगाएर फसाउन खोजेको भन्दै माओवादी केन्द्र सर्लाहीले हिजो आइतबार पनि जिल्लामा मोटरसाइकल र्यालीसहित प्रदर्शन गरेको थियो।
बागमतीमा मेयर थापा र उपमेयर मोक्तानमाथि नगर क्षेत्रको पर्ती जग्गामा सुकुमबासी बस्ती बसाएको आरोपमा मुद्दा दायर भएको छ।
जिल्ला वन कार्यालयले मेयर र उपमेयरविरुद्ध वन मुद्दा दायर गरेपछि माओवादी केन्द्र आन्दोलनमा उत्रिएको हो।
माओवादी केन्द्र सर्लाहीले मेयर र उपमेयरमाथि लगाइएको मुद्दालाई राजनीतिक प्रतिशोध भएको बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक
-
अस्ट्रेलियन क्रिकेट टोलीका पूर्व उपकप्तानको निधन
-
प्रधानमन्त्रीसँग भारतीय विद्युतमन्त्रीको भेट
-
गृहमन्त्रीले भने, ‘तीनकुने घटनाबारे आन्तरिक छानबिन हुँदैछ’
-
कर्मनाशा खोलाको बगर नै व्यक्तिको नाममा ल्याएर बेच्ने ८ जना धरौटीमा रिहा
-
पहलगाम आक्रमणमा मोहम्मद युनुसले दिए यस्तो प्रतिक्रिया