बुमराह बने आईसीसी टेस्ट क्रिकेटर अफ द इयर
सोमबार, १४ माघ २०८१, १९ : २६

नयाँ दिल्ली । भारतीय क्रिकेट टोलीका फास्ट बलर जसप्रित बुमराहलाई आईसीसीले वर्षको उत्कृष्ट टेस्ट क्रिकेटर घोषित गरेको छ । बुमराहले सन् २०२४ मा टेस्ट म्याचमा उत्कृष्ट बलिङ गरेबापत यो सम्मान पाएका हुन् ।
बीसीसीआईले सामाजिक सञ्जाल एक्समा एक पोस्ट मार्फत यो जानकारी दिएको छ। बुमराहले गत वर्ष १३ टेस्ट खेलमा १४.९२ को औसतमा ७१ विकेट लिएका थिए।
जसप्रित बुमराह बाहेक अहिले सम्म भारतका अन्य तीन बलरले मात्र एक क्यालेन्डर वर्षमा ७० वा सो भन्दा बढी विकेट लिन सकेका छन् । जसमा रवीचन्द्रन अश्विन, अनिल कुम्बले र कपिल देव पर्छन्।
विकेट लिने हिसाबले सन् २०२४ मा इङ्ल्यान्डका गस एट्किन्सन दोस्रो भए, जसले ११ टेस्ट खेलमा ५२ विकेट लिएका थिए ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग फुटबलमा आर्सनल विजयी
-
चैती छठ अन्तर्गत आज दोस्रो दिन खरना मनाइँदै
-
विदेशी मुद्राको विनिमयदर, कसको मूल्य कति ?
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी