एमालेको खबरदारीका कारण जाजरकोटमा पुनर्निर्माणका कामले गति लियो : आचार्य
जाजरकोट । नेकपा एमालेका केन्द्रीय सदस्य तथा निर्वाचन विभागका प्रमुख निरज आचार्यले जाजरकोटमा भूकम्प पछिको पुनर्निर्माणका प्रगतिबारे जानकारी गराएका छन् । एमाले जाजरकोटको चौथो बैठकमा उनले पार्टीको निरन्तर पहलकदमी र खबरदारीका कारण जाजरकोटमा पुनर्निर्माणका कामले गति लिएको बताए ।
भूकम्पपछिको पुनर्निर्माणका लागि ‘विपत् पुनर्स्थापना, प्रबलीकरण तथा पुनर्निर्माण कार्यविधि’ संशोधनसहित पारित भइसकेको उनको भनाइ छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र पुल्चोक क्याम्पससँग सहकार्य गरी भेरी नगरपालिका–१ र ३ तथा नलगाड नगरपालिका –१ बाट पहिलो चरणको काम सुरु गर्न आवश्यक तयारी पूरा भएको उनले जानकारी दिए ।
२०७४ सालमा आएको बाढी र पहिरोका कारण ठुलो क्षति व्यहोरेको बारेकोटका ७१ घरपरिवारका लागि राहत रकम निकासा भएको छ । पुनर्निर्माणलाई द्रुत गतिमा अघि बढाउन हिमाली, पहाडी, र तराई क्षेत्रका लागि क्रमशः ५ लाख, ४ लाख, र ३ लाखका दरले आर्थिक सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको उनले बताए ।
उनले पुनर्निर्माणका लागि अर्थ मन्त्रालयबाट ३ अर्ब रुपैयाँ बजेट विनियोजन भएको जानकारी पनि दिए । “हामीले थालनी गरेका प्रयासहरूका कारण अहिले जाजरकोटमा पुनर्निर्माण र पुनर्स्थापनाका काम अघि बढेका छन् । अब यी कामलाई समयमै सम्पन्न गर्न प्रभावकारी कार्यान्वयन र अनुगमनमा ध्यान दिनुपर्छ,” उनले भने ।
बैठकमा सहभागी नेताहरूले पुनर्निर्माण कार्यलाई थप प्रभावकारी बनाउन केन्द्र, प्रदेश, र स्थानीय तहबिच सहकार्य आवश्यक रहेको बताए । साथै, पीडितका लागि छुट्याइएको रकमलाई पारदर्शी रूपमा वितरण गर्नुपर्नेमा जोड दिइएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतविरुद्धको टी-ट्वेन्टी श्रृंखलामा हारबाट जोगियो इंग्ल्याण्ड
-
अमेरिकी डलर, चिनियाँ युआन, रियाल, दिनारको मूल्य बढ्यो, कसको कति ?
-
ताल तथा सीमसार क्षेत्रमा पाइने चराको अस्तित्व संकटमा
-
चिनियाँ एप डीपसीकले उथलपुथल पारेको अमेरिकी शेयर बजार आयो ट्रयाकमा
-
अमेरिकी सहयोग र अनुदान कटौतीबारे ह्वाइट हाउसले दियो प्रतिक्रिया
-
१२ बजे, १२ समाचार : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक भेटघाट तीब्रदेखि पाथीभरा केवलकार र झडपलाई लिएर एक्सनमा गृहमन्त्रीसम्म