पाकिस्तानका ३८ वर्षीय स्पिनर नोमान अलीले बनाए नयाँ कीर्तिमान

पाकिस्तानका ३८ वर्षीय स्पिनर नोमान अलीले मुल्तान टेस्टमा ह्याट्रिक लिएर नयाँ कीर्तिमान बनाएका छन्।
मुल्तान टेस्टको पहिलो दिनको पहिलो सत्रमा लगातार तीन विकेट लिएर उनी पाकिस्तान क्रिकेट इतिहासमा यस ढाँचामा ह्याट्रिक गर्ने पहिलो स्पिनर बनेका हुन्।
यो ह्याट्रिकसँगै उनले धेरै कीर्तिमान पनि आफ्नो नाममा बनाए। १४१ वर्षको इतिहासमा पहिलो पटक यो उपलब्धि हासिल गर्ने उनी पहिलो पाकिस्तानी स्पिनर पनि बनेका छन्।
पाकिस्तान र वेस्ट इन्डिजबिचको दोस्रो टेस्ट मुल्तानमा खेलिएको छ। यस खेलमा पाकिस्तानी स्पिनरले टस जितेर पहिले ब्याटिङ गर्न आएको पाहुना टोलीलाई दबाबमा राख्न सफल भए। टोलीले ५४ रनमा ८ विकेट गुमाएको थियो भने नोमान अलीले ४ विकेट लिएका थिए।
यी ४ विकेटमध्ये नोमानले लगातार ३ बलमा ३ विकेट लिए। नोमानले पहिलो इनिङ्सको पहिलो सत्रमा वेस्ट इन्डिजका जस्टिन ग्रीभ्स, टेभिन इम्लाच र केभिन सिन्क्लेयरलाई आफ्नो शिकार बनाएका हुन्।
पाकिस्तानका लागि यो उपलब्धि हासिल गर्ने उनी इतिहासकै पहिलो स्पिनर बनेका छन्।
योसँगै उनी पहिलो दिन खाजाअघि ह्याट्रिक गर्ने दोस्रो स्पिन बलर बने। यसअघि १४१ वर्षअघि अष्ट्रेलियाका बिली बेट्सले सन् १८८३ मा एमसीजीमा इंग्ल्याण्डविरुद्ध यस्तो उपलब्धि हासिल गरेका थिए।
योसँगै नोमान सन् २००६ मा इरफान पठानपछि यो उपलब्धि हासिल गर्ने पहिलो खेलाडी बनेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओम शर्माले प्रवासी नेपालीलाई भने, ‘कसैको कुल्ली नबन्नुस्, जनताको अवस्था फेर्ने अभियानमा लाग्नुस्’
-
विद्यालय शिक्षा विधेयक : स्वार्थ समूहको दबाबमा अलपत्र
-
पेप्सीकोलामा ६० लाख लुटपाटमा संलग्नहरूविरुद्ध डाँकाचोरी मुद्दा
-
बेंगलुरुसँग हार्यो राजस्थान, कोहलीले बनाए टी-२० मा १०० औँ अर्धशतक
-
२०८१ लाई फर्केर हेर्दा : बागमतीको सरकार र संसद दुवै प्रभावकारी देखिएन
-
एमालेले बोलायो सचिवालय बैठक