बुधबार, १६ माघ २०८१
ताजा लोकप्रिय

के हो मिर्गौला सङ्क्रमण ? यस्ता देखिन्छन् लक्षण

सोमबार, १४ माघ २०८१, १७ : १४
सोमबार, १४ माघ २०८१

काठमाडौँ । मिर्गौला हाम्रो शरीरको निकै महत्त्वपूर्ण अङ्गमध्ये एक हो । यसले शरीरबाट विषाक्त पदार्थहरू फिल्टर गर्ने जस्ता कयौँ महत्त्वपूर्ण कार्यहरू गर्दछ । रगतबाट अशुद्धतालाई निकाल्छ, विषाक्त पदार्थहरूलाई छान्दछ ।

 पिसाबको रूपमा शरीरबाट अतिरिक्त तरल पदार्थ हटाउँछ । यसले केही हर्माेन पनि उत्पादन गर्छ । तरल पदार्थ र इलेक्ट्रोलाइटको स्तर सन्तुलित गर्छ । रक्तचाप नियन्त्रण गर्छ । साथै रातो रक्त कोषहरू पनि उत्पादन गर्छ ।

उच्च रक्तचाप, डिहाइड्रेसन, एलर्जी, औषधिको साइड इफेक्ट, पिसाब सम्बन्धी कुनै पनि समस्या जस्तै पिसाबको सङ्क्रमण, मिर्गौलाको पत्थरी, पिसाब नलीमा रगत जम्नु, मिर्गौलाको क्यान्सर, पेटको क्यान्सर, प्रोस्टेट क्यान्सर आदि पनि मिर्गौला फेल हुनुका कारण हुन्छन् । 

विशेष गरी महिलाहरू, पिसाबको सङ्क्रमणबाट ग्रस्त हुन्छन् । समयमै यसको उपचार गरिएन भने मिर्गाैला सङ्क्रमित हुन सक्छ । यस्तो अवस्थामा मिर्गौलाले आफ्नो काम राम्रोसँग गर्न सक्दैन । मिर्गौला सङ्क्रमण गम्भीर समस्या बन्न सक्छ । पिसाबको सङ्क्रमणका कारण मिर्गौलामा सङ्क्रमण भएमा केही लक्षणहरू देखा पर्न सक्छन् ।

  • के हो मिर्गौला सङ्क्रमण ?

वेबएमडीमा छापिएको एउटा समाचारअनुसार मिर्गौलाको सङ्क्रमणलाई पाइलोनेफ्राइटिस भनिन्छ । यो ब्याक्टेरिया वा भाइरसको कारणले हुन्छ । यसले गर्दा मिर्गौलाको कार्यमा बाधा पुग्छ । कहिलेकाहीँ यूटीआई अर्थात् पिसाब नलीको सङ्क्रमणको कारणले पनि सङ्क्रमण हुन सक्छ । मिर्गौलामा मूत्राशयको सङ्क्रमण फैलिएको कारणले पनि यो समस्या हुन सक्छ । यस्तो अवस्थामा, पिसाब थैलीको सङ्क्रमणको उपचार तुरुन्तै सुरु गर्नुपर्छ, नत्र यी हानिकारक ब्याक्टेरिया मिर्गौलामा फैलिन्छन् । मिर्गौला सङ्क्रमण अन्य केही कारणले पनि हुन सक्छ ।

  • मिर्गौला सङ्क्रमणका लक्षणहरू:

मिर्गौलामा कुनै गम्भीर समस्या छ भने यसका केही लक्षणहरू देखिन्छन् । तर यसको जाँच समयमा नै भएन भने मिर्गौला फेल पनि हुन सक्छ । मिर्गौलाको सङ्क्रमणलाई बेवास्ता गर्नु हुँदैन, अन्यथा मिर्गौला फेल हुन सक्छ । गम्भीर पिसाब सङ्क्रमण भयो भने यसले मिर्गौलालाई पनि असर गर्न सक्छ । यस्तो अवस्थामा, केही लक्षणहरू देख्न सकिन्छ । जुन यस प्रकार छन्:

–पिसाब फेर्न गाह्रो हुने ।

– बान्ता हुने, वाकवाकी लाग्ने ।

–तल्लो पेट दुख्ने ।

– ज्वरो आउने ।

–ढाड र कम्मर दुख्ने ।

–फिक्का वा फिँज जस्तो पिसाब आउने ।

–पानी नपिए पनि पिसाब लाग्ने ।

– पिसाब गन्हाउने ।

– भोक नलाग्ने ।

–भ्रान्ति हुने ।

  •   उपचार:

डाक्टरहरूले लक्षणहरू हेरेर यसको जाँच गर्छन् । सुरुमा पिसाबको नमुना परीक्षण गरिन्छ । पिसाब नलीमा भएको कुनै पनि समस्या एमआरआई, अल्ट्रासाउन्ड र सिटी स्क्यानमार्फत पत्ता लाग्छ । त्यसपछि थप उपचार गरिन्छ । कहिलेकाहीँ निको हुन दुई हप्ता लाग्छ । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरूलाई भने अलि बढी समय लाग्न सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप