२०८४ सामान्य हुँदैन, उथलपुथल हुन्छ : विप्लव
काठमाडौँ । नेकपा कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले २०८४ नेपालको राजनीति उथलपुथल हुने दाबी गरेका छन् । सोमबार बुढानीलकण्ठमा पार्टीले सञ्चालनमा ल्याएको ‘सी व्यापार केन्द्र’को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०८४ कायाकल्प हुने दाबी गरेका हुन् ।
‘२०८४ सामान्य हुँदैन । उथलपुथल हुन्छ । कायाकल्प हुनसक्छ । एकपटक हामीले नयाँ तरिकाले सत्ताको नेतृत्व गर्ने चाहना छ । नेपालको राजनीतिलाई आकासबाट धर्तीमा उभ्याउन चाहन्छौँ । नेपाली जनताले एक पटक समाज हेर्न चाहेका छन् । आगामी निर्वाचनमा समाजवादी शक्ति एक भएर चुनावमा भाग लिन्छौँ’, उनले भने ।
कार्यक्रममा उनले आफू सत्ताकै लागि राजनीति गरेको भन्दै कसैसँग मागेर नभइ आफ्नै शक्तिमा सत्ताको नेतृत्व गर्न चाहेको जिकिर गरे । ‘यहाँ प्रधानमन्त्री बन्न चाहना राख्नुभयो भन्नुभयो । हामीले सत्ता दिनोस् हजुर भनेर मागेको होइन’, उनले भने, ‘सत्ता नै नभए राजनीति धरापमा पर्छ । सत्ताकै लागि हामीले राजनीति गरेको हो । यो माग्ने चिज होइन नैसर्गिक अधिकार हो ।’
विप्लवले २०६४ लाई माओवादीले थेग्न नसक्दा अहिले समस्या आएको बताए । त्यसबाट पाठ सिकेर वर्ग सङ्घर्षसँगै (राजनीति) क्रान्तिसँगै उत्पादनमा जोडिएको स्पष्ट पारे ।
पार्टीले गरेको उत्पादन उच्च व्यापारीसँग प्रतिस्पर्धा गर्न सक्ने उनले विश्वास व्यक्त गरे । उच्च व्यापारीसँग प्रतिस्पर्धा गर्न सक्छौँ होला । एउटा व्यापारीले सक्छ भने हामी किन सक्दैनौँ । हामीले चन्दा उठाएर बनाएका होइनौँ । २४ घण्टा राजनीति गर्नु जरुरी छैन । तीन घण्टा श्रममा जोडिनोस् भनेर मैले पार्टीका साथीहरूलाई भन्ने गरेको छु’, श्रमनीतिबारे प्रष्ट पार्दै उनले भने, ‘अब झोला बोकेर अगाडि बढ्न सकिँदैन । उत्पादनले हामीलाई अहिले समस्या छैन । हाम्रो विश्वास के छ भने घाटामा जाँदैनौँ । मरेर श्रम गर्छौँ ।’
विप्लवले चार मित्रशक्ति (कम्युनिस्ट, समाजवादी, देशभक्त र अग्रगामी) सँग आफूहरूको दुश्मनी नभएको स्पष्ट पारे । आफ्नो दुस्मनी राज्यको दोहन गरेर भ्रष्टाचार गरी देशलाई टाट पल्टाउनेसँग भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताल तथा सीमसार क्षेत्रमा पाइने चराको अस्तित्व संकटमा
-
चिनियाँ एप डीपसीकले उथलपुथल पारेको अमेरिकी शेयर बजार आयो ट्रयाकमा
-
अमेरिकी सहयोग र अनुदान कटौतीबारे ह्वाइट हाउसले दियो प्रतिक्रिया
-
१२ बजे, १२ समाचार : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक भेटघाट तीब्रदेखि पाथीभरा केवलकार र झडपलाई लिएर एक्सनमा गृहमन्त्रीसम्म
-
कडा सुरक्षा घेराबिच अखिल क्रान्तिकारीको मतगणना
-
रुसद्वारा उपग्रह सङ्ख्या वृद्धि गर्ने योजना