स्वर्णलक्ष्मी सहकारी घोटाला
राप्रपाका केन्द्रीय सदस्य पौडेललाई १ लाख धरौटीमा छाड्न आदेश
सोमबार, १४ माघ २०८१, १६ : १९

काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्न आरोपमा राप्रपाका केन्द्रीय सदस्य पुष्पराज पौडेल ‘पुरुष’सँग अदालतले १ लाख धरौटी मागेको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश महेन्द्रराज काफ्लेले उनलाई १ लाख धरौटीमा छाड्न आदेश गरेका हुन् ।
रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ घर भएका पौडेलसँग ४० लाख ७ हजार ७२३ रुपैयाँ बिगो कायम गरिएको थियो ।
गोरखा ग्रुप अफ कम्पनी प्रालिले कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट लिएको ऋण रकम पौडेलका नाममा बिगो कायम गरिएको हो । पौडेल सुपर सिटी ईन्टरप्राइजेज प्रालि र गोरखा ग्रुप अफ कम्पनी प्रालिका सेयरधनी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पूर्वराजाले चैत १५ को घटनाको जिम्मेवारी लिनुपर्छ’
-
युवालाई लोकतन्त्रको महत्त्व बुझाउन एमालेले ‘युथ सेलिब्रेसन’ आयोजना गर्ने
-
प्रचण्डलाई एमालेको जवाफ : सरकार परिवर्तन कतैबाट सम्भव छैन
-
एमालेले भन्यो– ज्ञानेन्द्रले अझै गल्ती गर्न खोज्दैछन्
-
नेपालले ओमानलाई हराउँदा जे देखियो
-
७ जनालाई एमालेले ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मान गर्ने