बाल विवाहविरुद्धको अभियानमा मुख्यमन्त्री आचार्यको प्रतिबद्धता

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलेले बाल विवाहविरुद्धको अभियानमा प्रतिबद्धता जनाएका छन् । बाल विवाह मुक्त नेपाल बनाउने अभियान अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय दाङमा भएको कार्यक्रममा उनले बाल विवाह मुक्त प्रदेश बनाउने गरी सरकारले प्राथमिकतामा राखेको बताएका हुन ।
मुख्यमन्त्री आचार्यले बाल विवाह सामाजिक समस्या र कानुनी अपराध भएको बताउँदै बाल बालिकाको संरक्षण, सुरक्षा, शिक्षा, स्वास्थ्य विषयमा प्रदेश सरकार गम्भीर रहेको बताए । लुम्बिनी प्रदेशभित्र बालविवाह सामाजिक समस्याको रूपमा रहेको उनले बताए ।
यस्तै मुख्यमन्त्री आचार्यले बाँके र बर्दियामा बसोबास रहेको चिडिमार समुदायलाई सीमान्तकृत, अल्पसङ्ख्यकको रूपमा सूचीकृत गर्न पहल गर्ने प्रतिबद्धता जनाए । मुख्यमन्त्री आचार्यसहित प्रदेश प्रमुख सचिव बाबुराम अधिकारीलगायतले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनरत शिक्षकहरूको नारा – पुरानो ऐन चाहिँदैन, शिक्षक पिट्न पाइँदैन
-
तीनकुने घटनामा पक्राउ परेका ४० जनालाई थप १० दिन हिरासतमा राख्न अनुमति
-
कारखानामा यसरी बन्दै थियो पनिर, देखेर अधिकारीहरू पनि छक्क परे
-
अवैध रूपमा आयात गरेको १५० बोरा चामल सिल
-
प्रहरीसँगको झडपपछि आज हजारौँ शिक्षक सडक आन्दोलनमा थपिए
-
राजसंस्थाको पक्षमा आवाज उठाउँदा राप्रपाका नेताहरूलाई खोजीखोजी पक्राउ गरियोः लिङ्देन