सभापति लामिछानेसँगको परामर्शमा पार्टी अघि बढाउने रास्वपा सचिवालय बैठकको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले सभापति रवि लामिछानेसँग निरन्तर परामर्श र संवादमा पार्टीको गतिविधिलाई अघि बढाउने निर्णय गरेको छ । बैठकबारे रातोपाटीलाई जानकारी दिँदै संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले मूलतः बैठकमा सरकारले ल्याएको अध्यादेशको विषयमा छलफल भएको बताए ।
‘सरकारले संसद् अब प्रस्तुत गर्नुपर्ने ६ वटा अध्यादेशमा पार्टीले कसरी धारणा राख्ने भन्ने विषयमा छलफल गर्दा फरक फरक अध्ययन गरेर प्रतिवेदनमाथि साझा धारणा बनाउने र त्यसैअनुरूप सदनमा उपस्थित हुने निर्णय भयो‚’ उनले भने ।
बैठकले पार्टीभित्र परेका उजुरीहरूलाई अनुशासन आयोगले हेर्ने निर्णय गरेको छ । यस्तै सातै प्रदेशमा गएर पार्टीले त्यहाँका उद्योगी तथा अभियन्ताहरूसँग संवाद गर्ने र उनीहरूको धारणा सुन्ने मात्र नभई सङ्गठन विस्तारको विषयमा पनि काम गर्ने निर्णय गरेको छ ।
‘सात प्रदेशका सचिवालय समितिमा रहेका साथीहरूको नेतृत्वमा सांसद र केन्द्रीय सदस्यको टोली जाने र सातै प्रदेशमा गएर उद्योगी अभियन्ताहरूसँग संवाद गर्ने तथा सङ्गठनमा भित्रको अन्यौलता अन्त्य गर्ने काम गर्ने निर्णय पनि भयो‚’ उनले भने ।
श्रेष्ठका अनुसार समितिबाट फागुनभित्र उक्त कार्य हुनेछ । ‘म मधेस जान्छु । यस्तै अन्य साथीहरू अन्य प्रदेश जानुहुनेछ‚’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्र विराटनगरको कार्यसमिति सर्वसम्मत चयन
-
धनगढी विमानस्थल जग्गा प्रकरणः प्रेम आलेविरुद्ध लेखा समितिमा पनि उजुरी
-
पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो : पूर्वराष्ट्रपति यादव
-
तीनकुने घटना : झण्डै ४७ करोड क्षति भएको प्रारम्भिक मूल्याङ्कन
-
पोखरामा खानेपानी अभाव, पानी माग्दै होटल सङ्घ पुग्यो संस्थान
-
शिक्षकका मुद्दा किनारा लगाउँछु भन्ने शिक्षामन्त्रीले एक्कासि किन दिइन् राजीनामा ?