राष्ट्रिय मुक्ति पार्टीद्वारा मोर्चा निर्माणका लागि ७ सदस्य कार्यदल गठन

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालले देशमा अग्रगामी परिवर्तनको लागि सङ्घर्षरत शक्तिहरू तथा राजनीतिक मुद्दा र सिद्धान्त मिल्नेहरू बिच एक वृहत् संयुक्त मोर्चा निर्माण गर्ने भन्दै कार्यदल गठन गरेको छ । पार्टीले राम नरेश रायको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको हो ।
कार्यदलका सदस्यहरूमा सुमन सायमी, केशव झा, सन्तोष कुमार मेहता, अनिल कुमार महासेठ, सिएन थारु र जुनतारा पुन मगर रहेका छन् । परिणाममुखी सङ्घर्षको निमित्त मौजुदा सङ्घर्षशील राजनीतिक शक्तिहरू बिच संवाद, सहकार्य, कार्यगत एकता तथा एकीकरण गरी बृहत् शक्ति निर्माण गर्नु आजको आवश्यकता रहेको पार्टीले ठहर गरेको छ । अध्यक्ष राजेन्द्र महतोले विज्ञप्ति जारी गर्दै पहिचान, समृद्धि, सुशासन र स्वाभिमानयुक्त नेपाल निर्माणका लागि सबै उत्पीडित समुदायहरूलाई गोलबन्द भई साझा सङ्घर्षमा आउन अपिल समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा