शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

म्यानपावर व्यवसायीलाई चुनावी चटारोः कसले मार्ला बाजी ?

मङ्गलबार, २७ असार २०७४, १५ : १०
मङ्गलबार, २७ असार २०७४

काठमाडौं–नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २५ औं साधाणसभा तथा निर्वाचन केही दिन मात्र वाँकी रहँदा म्यानपावर व्यवसायी भने चुनावी चटारोमा व्यस्त भएका छन् । दुई छुट्टा छुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका व्यवसायीहरु हरेक दिनजसो चुनावी कार्यक्रम गरिरहेका छन् । 


दुवै समूह आफ्नो वहुमत सदस्य निर्वाचित गर्न मतदाता व्यवसायीको भेला गर्ने, छलफल र घरदैलो कार्यक्रमसम्म गरिरहेका छन् । यसैवीच रोहन गुरुङ अध्यक्षको उम्मेदवार रहेको संयुक्त व्यवसायीक समूहले भने आफ्नो क्षेत्रिय भेला सम्पन्न गरेको छ । यो समूहले मंगलबार साँझ वानेश्वर, कोटेश्वर, एयपोर्ट, सिनामंगल लगायतका क्षेत्रमा म्यानपावर सञ्चालन गरिरहेका व्यवसायीको भेला गर्दै आफ्नो क्षेत्रिय स्तरको भेला सम्पन्न गरेको हो । 


अहिले संघको निर्वाचनमा नेपाली काँग्रेस समर्थित बिमल ढकाल समूह र एमाले समर्थित रोहन गुरुङ समूहको भिडन्त हुदैछ । दुवै पक्षीय आफुलाई बलियो सावित गर्न क्षेत्रिय स्तमा भेला कार्यक्रम गरिहेका छन् । ढकाल समूहले पनि बुधबार आफ्नो भेला गर्दैछ । ढकाल संघको वर्तमान अध्यक्ष हुन् भने गुरुङ महासचिव हुन् । ढकाललाई अन्य केही व्यवसायीक संगठनले सघाउने भएका छन् भने गुरुङलाई माओवादी केन्द्र समर्थित व्यवसायी, विश्वकर्मा समाज, तमुधी व्यवसायी लगायतको समर्थन छ । 


कुन कुन पदमा हुदैछ प्रतिस्पर्धा 
कवि साढे आठ सय व्यवसायी सदस्य रहेको संघमा दुवै समूह संघको नेतृत्वमा बाजी मार्ने गरि मैदानमा उत्रिएका भएपनि केही तठस्त व्यवसायी भने अध्यक्षमा गुरुङ बलियो रहेको दावी गर्छन् । उनी युवा भएको र केही नयाँ सोचको कारण पनि उनले बाजी मार्ने पक्कापक्की जस्तै रहेको केही व्यवसायीको अनुमान छ । व्यवसायी बिष्णु केसी अहिलेनै केही भन्न नसकिने भएपनि एउटै प्यानलले सवै पदमा निर्वाचित हुने सम्भावना कम रहेको बताउँछन् । यद्यपी, उनले पनि गुरुङ समूह बलियो रहेको संकेत गरे । 


वरिष्ठ उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पदमा भने कडा प्रतिश्पर्धा हुने अनुमान व्यवसायी लगाउँछन् । बरिष्ठ उपाध्यक्षमा गुरुङ समूहवाट माओवादी केन्द्र समर्थित व्यवसायी रामप्रसाद भान्तना उम्मेदवार छन् । गुरुङ समूहवाट पदाधिकारीको उम्मेदवार बनेका उनी पनि जित्ने संभावित उम्मेदवारको रुपमा छन् । यस्तै, उनको समूहवाट द्वितिय उपाध्यक्षकी उम्मेदवार सुवर्ण श्रेष्ठ, तृतीय उपाध्यक्षका उम्मेदवार शुक्र पाख्रिन पनि वलियो उम्मेदवारका रुपमा रहेको भएपनि गुरुङ समूहवाट ती दुई पद भन्दा महासचिव, सचिव र कोषाध्यक्षका उम्मेदवार बलियो रहेको व्यवसायीको दावी छ । उनको समूहवाट महासचिवमा नरेश गेलाल, सचिवमा ईश्वर जीसी र कोषाध्यक्षमा रमिला ताम्राकार रोकाया मगर उम्मेदवार छन् । 


यता ढकाल समूहले पनि आफुलाई बलियो उम्मेदवाको रुपमा प्रस्तुत गरिरहेको छ । तर, उनको समूहवाट अध्यक्ष आफै कमजोर रहेको केही व्यवसायीको अनुमान छ । तर, ढकाल समूहवाट पनि बरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रज्ञान न्यौपाने, द्वितिय उपाध्यक्षका उम्मेदवार भूवनसिंह गुरुङ  कोषाध्यक्षकी उम्मेदवार राधिका कटुवाल बलियो उम्मेदवारका रुपमा रहेको बताइएको छ । महासचिव र कोषाध्यक्षमा ठूलो प्रतिश्पर्धा नदेखिएपनि बरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षमा भने यो पटक कडा भिडन्त हुने व्यवसायीको अनुमान छ । 


सदस्यमा पनि उस्तै
संघको आगामी कार्यकालका लागि सदस्यमा उम्मेदवार दिएका मध्ये गुरुङ प्यानलवाट तेजमाया लिम्वु, सुरेश गौतम, सञ्जु गुरुङ, सविना श्रेष्ठ, प्रितम बहादुर मगर बलियो उम्मेदवारका रुपमा रहेको व्यवसायीको भनाइ छ । त्यसमध्ये पनि महिला उम्मेदवारका रुपमा रहेका लिम्वु र श्रेष्ठको जित पक्का पक्की जस्तै रहेको उनीहरुको भनाइ छ । यस्तै, ढकाल समूहवाट इन्दिरा गुरुङ, कुमारबावु श्रेष्ठ, दिनेश राय बलियो उम्मेदवारका रुपमा देखिएका छन् । 


व्यवसायीको मुद्दा सधै उस्तै


संघको स्थापना भएको २५ बर्ष भइसकेको छ । देशभर रहेका म्यानपावर सञ्चालक सदस्य रहने संघमा अहिलेसम्म थुप्रै नतृत्व परिवर्तन भए । पछिल्लो समय निजी क्षेत्रको नेपाल उद्योग वाणिज्य महासंघ पछिको ठूलो छाता संस्थाका रुपमा पनि यो संघलाई लिने गरिन्छ । हरेक वर्ष ५ लाख नेपाली युवा विदेश पठाउने म्यानपाव व्यवसायीको छाता संस्था हुनु र हेक वर्ष ८ खर्ब वरावर रेमिट्यान्स भित्राउन नाफामुलक व्यवसाय गरेका यी व्यवसायीको छाता संस्थामा जान मुद्धा भने सधै एउटै देखिएको छ । 


अधिकाशं समय काँग्रेस निकट व्यवसायीले नेतृत्व गरेको यो संस्थामा कामदारका पक्षमा भन्दा पनि म्यानपावर व्यवसायीकै पक्षमा वढीजसो मुद्धा केन्द्रित हुने गरेको छ । ती कामदा नभए आफ्नो व्यवसाय सञ्चालन हुन नसक्ने वुझेका भएपनि व्यवसायीले कामदाको मुद्धा भने खासै उठाएका छैनन् । विगतका एक वा दुई जना अध्यक्ष वाहेक सवैजसोले आफ्नै सेरोफेरोमा संघलाई केन्द्रित गरेको आरोप लाग्ने गरेको छ । यो संस्थामा बलबहादुर तामाङ र सोमलाल वाटाजु वाहेकले कामदारका पक्षमा खासै काम नगरेको व्यवसायीकै वुझाइ छ । तामाङ स्वच्छ व्यवसायीका रुपमा चिनिन्छन । त, वाटाजु भने स्वर्गिय भइसकेका छन् । 


प्रविधीमैत्री बनाउने एजेण्डा
यस पटक संघको नेतृत्वमा जान चाहेका व्यवसायीले भने संघलाई केही प्रविधीमैत्री वनाउने एउजेण्डा अघि सारेका छन् । संघको अध्यक्षमा लागि उम्मेदवार दिएका रोहन गुरुङले संघलाई डिजिटल सिस्टममा लैजाने, कामदारको अध्यावधी गर्ने, आकर्षक मुलुकको खोजी लगायतका मुद्धा उठाएका छन् । यस्तै, संघको माध्यमवाट व्यवसायी, कामदार र सरकारी निकायवीचमा समन्वयात्मक सम्वन्धमा पनि उनले जोड दिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण ढकाल
किरण ढकाल

किरण ढकाल रातोपाटीका लागि आर्थिक क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप