सोमबार, १२ फागुन २०८१
ताजा लोकप्रिय

यथास्थितिवादको अन्त्य नभएसम्म जनताले मुक्ति पाउने छैनन् : ऋषि कट्टेल

सोमबार, १४ माघ २०८१, १५ : ४९
सोमबार, १४ माघ २०८१

काठमाडौँ । नेकपाका अध्यक्ष ऋषि कट्टेलले यथास्थितिवादको अन्त्य नभएसम्म नेपाली जनताले मुक्ति नपाउने दाबी गरेका छन् । आइतबार काठमाडौँमा नेकपाद्वारा सञ्चालनमा ल्याएको ‘सी व्यापार केन्द्र’को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले उत्पादन नीतिलाई राजनीतिक संघर्षमा जोड्न सुझाव दिए । 

अहिलेको सत्ताको चरित्र नै समस्या भएकाले यो चरित्र नबदलिएसम्म जतिपटक प्रधानमन्त्री भएपनि केही नहुने कट्टेले बताए । ‘आजको मुख्य समस्या सत्ताको जुन चरित्र छ, त्यो चरित्र नबलिएर समस्या आएको हो । उत्पादनलाई राजनीतिक संघर्षमा जोड्न सक्नुभएन भने नेपाली जनाको मुक्ति हुँदैन । नत्र यथास्थितिवादमा पतन हुने खतरा छ’, उनले भने, ‘६७ प्रतिशत भोट पाएको कम्युनिस्ट नै छ । संसदीय व्यवस्थाबाट कम्युनिस्ट पार्टीले पाउने के हो ? दुई तिहाइ मत पाएको कम्युनिस्ट पार्टीले केही गर्न सकेनन् । विप्लवले पनि मलाई प्रधानमन्त्री बनाइदिनोस् भन्दै म काम गर्छु भन्दैछन् । राजनीतिक संघर्षबाट बाहिरिनुभयो भने ठुलो समस्या आउनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप