१०.६१ अंकले घट्दै २६३३ बिन्दुमा नेप्से, ८ अर्ब ९२ करोडको कारोबार

काठमाडौँ । सोमबार पनि सेयर बजार परिसूचक (नेप्से) घटेको छ । १०.६१ अंकले बजार घट्दा परिसूचक २६३३ बिन्दुमा ओर्लिएको छ ।
सोमबार ८ अर्ब ९२ करोड ४० लाखको कारोबार भएको छ । सोमबार कुल ३१२ कम्पनीको १ करोड ७२ लाख ५३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
सोमबार १०५ कम्पनीको मूल्य बढेको छ । यसमध्ये न्याग्दी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जानकी फाइनान्स कम्पनी, ग्रिन डेभलप्मेन्ट बैंक र सामुदायिक लघुवित्तको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढ्यो ।
सोमबार १२९ कम्पनीको मूल्य घट्यो । यसमा सप्तोकोशी विकास बैंक, उपकार लघुवित्त, धौलागिरि लघुवित्त लगायत कम्पनीका लगानीकर्ता सबैभन्दा धेरै गुमाउनेमा परेका छन् । सोमबार ९ कम्पनीको मूल्य भने स्थिर रह्यो ।
सोमबार फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै बढेको छ । यो उपसमूह ३.४६ प्रतिशतले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा
-
१० बजे १० समाचार : शान्तिपूर्ण रह्यो राप्रपाको सभा, तीनकुने घटनामा पक्राउ पर्ने क्रम जारी
-
चलचित्र सेन्सर बोर्डको सदस्यमा श्रेष्ठ नियुक्त