वकिलले फाइल फिर्ता गरेपछि अनुसन्धान प्रतिवेदनमा १ जना प्रतिवादी थपिए
_E9cFdUhBzu.jpg)
काठमाडौँ । चितवनको सहारा बचतको रकम अपचलन गरेको आरोपमा एक जना प्रतिवादी थपिएका छन् । चितवन प्रहरीले एक जना थप प्रतिवादी कायम गर्नुपर्ने राय दिएर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
माघ ४ मा प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन सकारी वकिलले निर्देशन सहित फिर्ता गरेको थियो । निर्देशनअनुसार थप कागजात र प्रमाण पेस गरेर अनुसन्धान प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
अनुसन्धान अधिकृतहरूले सहारा बचतको टाँडी शाखामा खाता सञ्चालन गर्ने प्रगति श्रेष्ठलाई पनि प्रतिवादी बनाउन राय दिएको छ । पूरक अभियोगमा पूर्व उप प्रधान एवं गृहमन्त्री रवि लामिछाने सहित १५ जनालाई प्रतिवादी कायम गर्नुपर्ने राय दिइएको छ ।
यसअघि १७ जनालाई प्रतिवादी बनाएर दर्ता गरिएको अभियोगपत्र अदालतमा विचाराधीन छ । प्रहरीले बचतकर्ताको ३८ करोड ९ लाख ७९ हजार १७७ रुपैयाँ भराउन मागदावी लिनुपर्ने राय दिएको छ ।
अनुसन्धानबाट गोरखा मिडियासहितका कम्पनीहरूमा ४३ करोड १४ लाख ९९ हजार ९२८ रुपैयाँ अपचलन भएको देखिएको छ । गोरखा मिडियामा सहारा बचतबाट १० करोड ८० लाख ९८ हजार १५१ रुपैयाँ अपचलन भएको भएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाथीभरा केबलकारबारे मुख्यमन्त्री र मन्त्रीबिच विवाद
-
बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
-
ममता काफ्लेको हत्या प्रकरण : नरेश भट्टविरुद्धको न्याययात्रा निर्णायक मोडमा
-
एमाले संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, तराईका भूभागहरूमा तातो लहर चल्ने
-
राष्ट्र सङ्घमा प्रस्तुत चन्द्रागिरिको स्वैच्छिक मूल्याङ्कन कार्ययोजना प्रतिवेदन सार्वजनिक