निर्वासित ब्राजिलियनलाई अमेरिकाले गर्यो अपराधीजस्तै व्यवहार

रियो दि जेनरियो । अमेरिकाबाट निष्कासित गरिएका ब्राजिलियन आप्रवासीहरूलाई विमानमा अपराधी जस्तै व्यवहार गरिएको छ । उनीहरू चढाइएको विमानमा न पानी थियो न त एसी नै चलेको थियो ।
अधिकांश आप्रवासीहरूले विमानमा चार घण्टासम्म श्वासप्रश्वासको समस्यासँग जुध्नुपरेको थियो । आप्रवासीहरू ब्राजिल आइपुग्दा उनीहरूको हातमा हतकडी लगाइएको थियो । यस विषयमा ब्राजिल सरकारले ट्रम्प प्रशासनविरुद्ध असन्तुष्टि व्यक्त गरेको छ ।
आप्रवासीहरूमाथिको व्यवहार मानव अधिकारको घोर उल्लङ्घन भएको ब्राजिलले बताएको छ । ब्राजिल सरकारले यस कार्यको लागि ट्रम्प प्रशासनबाट स्पष्टीकरण माग्ने बताइएको छ ।
शपथ लिएदेखि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थायी कानुनी स्थिति विहीन लाखौँ आप्रवासीहरूलाई देश निकाला गर्ने उद्देश्यले श्रृंखलाबद्ध कार्यकारी आदेशहरू जारी गरेका छन् । त्यसबेलादेखि अमेरिकाभरबाट धमाधम अवैध आप्रवासीहरूलाई समात्ने र निष्कासन गर्ने प्रक्रिया चलिरहेको छ ।
यस कारबाहीको क्रममा, आप्रवासीहरू बोकेको एउटा विमान उत्तरी ब्राजिलको मानौस सहरमा अवतरण भएको थियो । अधिकारीहरूले ८८ जना ब्राजिलियन आप्रवासीहरूलाई विमानबाट ओर्लँदा हतकडी लगाइएको बताए । ब्राजिलका अधिकारीहरूले अमेरिकी अधिकारीहरूलाई हतकडी तुरुन्तै हटाउन आग्रह गरेका थिए ।
न्यायमन्त्री रिकार्डाे लेवान्डोव्स्कीले यस विषयमा राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई जानकारी गराएको ब्राजिलको न्याय विभागले बताएको छ । आप्रवासीहरूलाई गरिएको अनादरपूर्ण व्यवहारबारे ब्राजिलले अमेरिकी सरकारबाट जवाफ माग्ने बताइएको छ ।
यसैबिच विमानमा सवार आप्रवासीहरूले उडानमा आफूलाई अपराधी जस्तै व्यवहार गरिएको बताए । विमानमा आफूहरूलाई पानी पिउन, शौचालय जान समेत नदिएको र हात खुट्टा बाँधिएको बताइएको छ । एसी नचलाइएकोले गर्मीका कारण केही मानिसहरू बेहोस भएको समेत भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा