सहकारी ठगी प्रकरण
कास्की जिल्ला अदालतको आदेशविरुद्ध रवि लामिछाने पुगे उच्च अदालत
सोमबार, १४ माघ २०८१, १३ : ३५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको निर्णय विरुद्ध उच्च अदालत पोखरामा निवेदन दिएका छन् ।
कास्की जिल्ला अदालतले पुस २५ गते थुनछेक सम्बन्धी सुनुवाइको आदेशमा फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरेकोमा चित्त नबुझी उनले उच्चमा सोमबार निवेदन दिएका हुन् ।
जिल्ला अदालत पोखराले उनलाई ६० लाख धरौटी माग गरेको थियो । उनले उक्त बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाउँ भनी दाबी गरेका छन् ।
लामिछानेका सहयोगी प्रमोद न्यौपानेका अनुसार लामिछानेले उच्चमा निवेदन पेस गरेका छन् र अहिले दर्ताको प्रक्रिया चलिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गायक तथा सङ्गीतकार विक्रम राईको निधन
-
छिमेकविरुद्ध बाहिरबाट प्राप्त हुने सहयोग अस्थायी र स्वार्थ आधारित हुँदो रहेछ : महासचिव पोखरेल
-
रियलमी नोट ६० र नोट ६० एक्स नेपालमा सार्वजनिक गरिँदै
-
देश विकास गर्न सरकार अग्रसर छ : उपप्रधानमन्त्री सिंह
-
लागूपदार्थ मुक्त देश बनाउन स्थानीय सरकारले पहलकदमी लिनु पर्छ : गृहमन्त्री लेखक
-
क्रिस गेलको नाममा सर्वाधिक रन