मङ्गलबार, १५ माघ २०८१
ताजा लोकप्रिय
दोस्रो टेस्ट

दोस्रो टेस्टमा वेस्ट इन्डिजसँग पाकिस्तान पराजित

सोमबार, १४ माघ २०८१, १३ : १४
सोमबार, १४ माघ २०८१

इस्लामावाद । दोस्रो टेस्ट खेलमा वेस्ट इन्डिजले आयोजक पाकिस्तानलाई १२० रनले पराजित गरेको छ । वेस्ट इन्डिजले ३४ वर्षपछि पहिलो पटक पाकिस्तानलाई उसकै मैदानमा टेस्ट खेलमा पराजित गरेको हो । वेस्ट इन्डिजले यसअघि सन् १९९० मा पाकिस्तानलाई उसैको घरेलु मैदानमा पराजित गरेको थियो ।

पाकिस्तानको दोस्रो इनिङ्समा वेस्ट इन्डिजलाई अन्तिम ६ विकेट लिन लगभग एक घण्टा लाग्यो । वेस्ट इन्डिजका बलरहरू विरुद्ध मोहम्मद रिजवान र सलमान आगाले मात्र केही साहस देखाउन सके ।

मुल्तानमा खेलिएको यो खेलमा वेस्ट इन्डिजले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । वेस्ट इन्डिज पहिलो इनिङमा १६३ रनमा अलआउट भएको थियो । जवाफमा पाकिस्तानले पहिलो इनिङमा १५४ रन बनाएको थियो ।

वेस्ट इन्डिजले दोस्रो इनिङमा २४४ रन बनाएको थियो तर पाकिस्तानको टोली दोस्रो इनिङमा १३३ रनमा सीमित भयो । वेस्ट इन्डिजका जोमेल वारिकनले खेलमा कुल ९ विकेट लिए । उनले पहिलो इनिङमा चार विकेट लिए भने दोस्रो इनिङमा ५ विकेट लिए । उनी ‘प्लेयर अफ दि म्याच’ घोषित भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप