शनिबार, १७ फागुन २०८१
ताजा लोकप्रिय
अखिल क्रान्तिकारी निर्वाचन

मतपेटिका पेरिसडाँडा लान खोजिएपछि विश्वविद्यालय र विशेषको मतगणनामा फेरि लफडा

सोमबार, १४ माघ २०८१, १३ : ०३
सोमबार, १४ माघ २०८१

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)को विश्वविद्यालय प्रदेश र उपत्यका विशेष प्रदेशको मतगणना मतदान स्थलमै गर्ने कि पार्टी कार्यालय पेरिसडाँडामा गर्ने भन्ने नयाँ विवादमा फसेको छ । नयाँ नेतृत्वका लागि शनिबार विश्वविद्यालय र विशेषको मतदान केन्द्र प्रदर्शनी मार्गस्थित वाल्मीकि क्याम्पसमा रहेको थियो । 

यसअघि मतपत्रमा प्रयोग भएको आधिकारी रङलाई मात्र मान्यता दिने कि अन्य रङलाई पनि माध्यता दिने लगायत आचार संहितामा विवाद हुँदा मतगणना स्थगित भएको थियो । तर निर्वाचन समिति लगायत टिमले मतपेटिका पेरिसडाँडामा सार्न खोजेपछि विवाद उत्पन्न भएको एक विद्यार्थी नेताले रातोपाटीलाई बताए । 

‘निर्वाचन समिति लगायत टिमले मतपेटिका पेरिस डाँडामा सार्न खोज्नुभएको छ । तर हेमन्त राई पक्षधर नेताहरूले मान्नुभएको छ । बाटोमा धाँधली हुन सक्ने भन्दै मतदान केन्द्र स्थलमै मतगणना गर्नुपर्ने अडान लिइरहनुभएको छ । यसै कारणले मतगणनाको काम सुचारु गर्न ढिलाइ भइरहेको छ ।’

दुवै प्रदेशका निर्वाचन समितिले मध्यान्ह १२ बजेदेखि स्थगित मतगणना कार्य सुरु गर्ने बताएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?