९० हजार मेट्रिक टन गहुँ आयात अनुमतिका लागि आवेदन आह्वान

काठमाडौँ । ९० हजार मेट्रिक टन गहुँ आयातका लागि आवेदन आह्वान भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले भारतले निर्धारण गरेको गहुँ निर्यातको ९० हजार मेट्रिक टनको कोटा अनुसार गहुँ आयातका लागि इच्छुक व्यक्तिसँग आवेदन माग गरेको हो ।
इच्छुक व्यक्तिले कम्तीमा १०० मेट्रिक टनदेखि बढीमा १० हजार मेट्रिक टन आयातका लागि निवेदन दिन सक्ने विभागले जनाएको छ । प्रस्ताव पेस गर्ने कम्पनीको न्यूनतम चुक्ता पुँजी १ करोड रुपैयाँ हुनुपर्ने, वित्तीय स्रोतको सुनिश्चितता भएको हुनुपर्ने व्यवस्था समेत गरिएको छ ।
आयात अनुमति पाउने कम्पनीले तोकिए बमोजिमको परिमाण तीन महिनाभित्र आयात गरिसक्नुपर्ने उल्लेख गरिएको छ । त्यसरी अनुपात गरिएका कम्पनीले आयात, बिक्री र मौज्दातसम्बन्धी विवरण साप्ताहिक रूपमा विभागलाई पेस गर्नुपर्ने समेत उल्लेख गरिएको छ । यस्तो विवरणको अनुगमन विभागले गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘देश नै हराएपछि बनाउन गाह्रो हुँदो रहेछ’
-
८४ मा ६४ को जस्तै परिणाम ल्याउने गरी माओवादी अघि बढिसक्यो : पम्फा भुषाल
-
न्युरोडबाट हुण्डीको ९ लाख रकमसहित युवती पक्राउ
-
ड्रोन दर्ता शुल्कमा अत्यधिक वृद्धि गरिएकोमा विमान संघको ध्यानाकर्षण
-
ओम शर्माले प्रवासी नेपालीलाई भने, ‘कसैको कुल्ली नबन्नुस्, जनताको अवस्था फेर्ने अभियानमा लाग्नुस्’
-
विद्यालय शिक्षा विधेयक : स्वार्थ समूहको दबाबमा अलपत्र