इतिहासबाट पाठ सिक्दै अब बन्ने घर संरचनाहरू भूकम्प प्रतिरोधी बनाउनुपर्छ : मन्त्री सिंह

काठमाडौँ । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले भूकम्पबाट हुने क्षति कम गर्न संरचनाहरू भूकम्प प्रतिरोधी बनाउनुपर्नेमा जोड दिएका छन् । २७ औँ भूकम्प सुरक्षा दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा सिंहले राष्ट्रिय भवन संहिताको पूर्ण परिपालना गर्दै भूकम्पबाट हुने क्षति कम गर्न संरचनाहरू भूकम्प प्रतिरोधी बनाउनुपर्ने बताएका हुन् ।
भूकम्पीय जोखिम न्यूनीकरणमा ध्यान दिन नसक्दा र भूकम्प प्रतिरोधी थेग्न नसकेरै भौतिक संरचनाहरू विनाश भएका कारण अथाह जनधनको क्षति हुने गरेको उनको भनाई थियो । उपप्रधानमन्त्री सिंहले भने– ‘हाम्रो मुलुक बाढी, पहिरो, महामारी, आगलागी, भूकम्प लगायतका कयौँ प्रकोपहरूबाट बारम्बार प्रभावित हुने गरेको छ । पछिल्लो समय हामी लगातार विभिन्न खालका विपद्जन्य घटनाबाट प्रभावित हुँदै आएका छौँ । भूकम्पका कारण हुने जनधनको क्षति कम गर्ने राष्ट्रिय भवन संहिता पालना गर्नु अपरिहार्य छ । बाढी, पहिरो, महामारी, आगलागी, चट्याङ, शीतलहर लगायतका विपद्का घटनाहरूबाट सुरक्षित हुन त्यसैअनुसार पूर्वतयारी तथा खोज उद्धार अवस्थामा सुधार गर्नु आवश्यक छ । भूकम्पीय जोखिम न्यूनीकरणका लागि भूकम्प प्रतिरोधी थेग्न नसकेरै हाम्रो घर एवं भौतिक संरचनाहरू भूकम्पमा गर्ल्यामगुर्लुम ढले र हामीले अथाह जनधनको क्षति व्यहोर्नुपर्यो । इतिहासबाट पाठ सिक्दै अब बन्ने घर संरचनाहरू भूकम्प प्रतिरोधी बनाउनु आजको आवश्यकता हो ।’
सिंहले प्राकृतिक प्रकोपबाट हुने जोखिमलाई ध्यान दिँदै संवेदनशील भूउपयोगको योजनाको कार्यान्वयनमा सबैको हातेमालो जरुरी रहेको उल्लेख गरे । त्यस्तै उनले विपद्का घटनाहरूबाट सुरक्षित हुन आवश्यकता अनुसार पूर्वतयारी तथा खोज उद्धार अवस्थामा सुधार गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले अधिवेशनमा कार्यकर्ता उतार्न सरकारी इन्धन दुरुपयोग गरिएकोबारे अख्तियारले छानबिन गरोस : प्रभु साह
-
ऐन जारी हुने विश्वासिलो आधार भए मात्रै शिक्षकहरू वार्तामा बस्ने
-
शिक्षक आन्दोलनमा प्याब्सन र एन प्याब्सनले जनाए ऐक्यवद्धता
-
कर्णालीको राजधानीमा खानेपानी सङ्कट बढ्यो, ९६ घण्टाको अन्तरालमा सीमित वितरण
-
भारतको सीतामढीमा नेपाल-भारत सीमा सुरक्षासम्बन्धी संयुक्त बैठक सम्पन्न
-
सरकारले गर्दा जनता आक्रोशित भए : डा.शेखर कोइराला