दक्षिण कोरियाली राष्ट्रपतिमाथि राजद्रोहको अभियोग

सोल । दक्षिण कोरियाका राष्ट्रपति यून सुक येओलमाथि राजद्रोहको अभियोग लगाइएको छ । डिसेम्बरमा मार्शल ल लगाउने अफसल प्रयासपछि उनीमाथि उक्त अभियोग लगाइएको हो ।
डिसेम्बरको शुरुमा येओलले लगाएको ‘मार्शल ल’ (सैन्य शासन)लाई सांसदहरूले उल्ट्याएपछि दक्षिण कोरिया राजनीतिक संकटमा फसेको छ । अभियोग लाग्ने उनी देशको इतिहासकै पहिलो राष्ट्रपति बनेका छन् ।
शनिबार सोलको एक अदालतले येओलको हिरासत अवधि बढाउन अस्वीकार गरेपछि उनीमाथि अभियोग लगाइएको हो । यसको अर्थ सोमबार अघि नै अभियोजनकर्ताहरूले उनीमाथिको अभियोगलाई गाडि बढाउने कि उनलाई रिहा गर्ने भनेर निर्णय गर्नु पर्नेछ ।
राजद्रोहका ‘रि.गलिडर’लाई सजाय दिने प्रक्रिया अन्ततः अब शुरु भएको प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टीका प्रवक्ता हान मिन–सूले पत्रकार सम्मेलनमा भनेका थिए । तर येओलको कानूनी समूहले भने उनीमाथि लगाएको अभियोगको आलोचना गर्दै हरेक गैरनकानूनी छानबिनको भन्डाफोर गर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुल निर्माणमा भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा दायर
-
२० महिनादेखि शेयर निष्कासन नभएपछि इप्पानले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण
-
पानी परेपछि राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण रोकियो
-
ईश्वर पोखरेल सहित दुई जना पक्राउ
-
अपराजित दिल्ली पाँच वर्षअघि मुम्बईसँग फाइनलमा भोगेको हारको बदला लिने धुनमा
-
६ निजामती ट्रेड युनियनहरूले दिए आन्दोलनको चेतावनी