विशेष प्रदेश र विश्वविद्यालय प्रदेशको स्थगित मतगणना आज १२ बजेदेखि सुरु हुने

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)को उपत्यका विशेष र विश्वविद्यालय प्रदेश अन्तर्गत स्थगित भएको मतगणना सुरु हुने भएको छ । नेतृत्व छनोटका लागि शनिबार भएको निर्वाचन विवादका कारण दुवै प्रदेशका निर्वाचन समितिले आइतबार संयुक्त विज्ञप्ति जारी गरी अनिश्चित कालका लागि स्थगित गरेको थियो । यी प्रदेशको मतगणना आज मध्यान्ह १२ बजेबाट सुरु हुने निर्वाचन समितिले जनाएको छ ।
‘२३ औँ राष्ट्रिय सम्मेलनको मिति २०८१ माघ १२ गते शनिवारका दिन सम्पन्न भएको उपत्यका विशेष प्रदेश र विश्वविद्यालय प्रदेशका मतदान केन्द्रको निर्वाचनको मतगणना विशेष कारणवश स्थगित भएकोमा मिति २०८१ माघ १४ गते मध्यान्ह १२ः ०० बजेबाट सुचारु गरिने ब्यहोरा सूचित गरिन्छ’, विज्ञप्तिमा भनिएको छ ।
शनिबार बेलुका ८ बजेबाट मतगणना सुरु गर्ने भनिएकोमा आचार संहिता र मतपत्रमा प्रयोग भएको रंगको विषयमा अध्यक्षका उम्मेदवार विजयप्रकाश सापकोटा र हेमन्त राई पक्षबिच विवाद भएको थियो । विशेष प्रदेशमा २६४ र विश्वविद्यालय प्रदेशमा २५८ मतदाता रहेका छन् । अन्य प्रदेशको भने मतगणना सकिएको छ । अहिलेसम्म गनिएको मतगणनामा सापकोटा २० मतले अगाडि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती निर्वासन मामिलामा न्यायाधीशले गरे ट्रम्प प्रशासनलाई गाली
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचारविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा
-
संविधान संशोधन गरी सङ्घीय र प्रदेश मन्त्रालय र सांसदको सङ्ख्या घटाउनुपर्छ : एनपी साउद
-
गभर्नर नियुक्ति प्रकरण : २० वर्ष अघिको सकस दोहोरिँदै
-
गभर्नर विवादसम्बन्धी रिट न्यायाधीशद्वय शर्मा र पाण्डेयको इजलासमा
-
कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध