रास्वपा बैठक
रास्वपा संसदीय दल बैठक माघ १६ गते
सोमबार, १४ माघ २०८१, ०८ : ५५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ । पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले दिएको जानकारी अनुसार बैठक माघ १६ गते बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने छ ।
उनकै संयोजकत्वमा बस्ने बैठकमा संसद्को हिउँदे अधिवेशनको विषयमा छलफल हुनेछ । ‘बैठक बोलाएका छौँ । हिउँदे अधिवेशन तयारी बारे छलफल हुन्छ,’ रातोपाटीसँग उनले भने ।
पार्टी सभापति तथा दलको नेता रवि लामिछानेको अनुपस्थितिमा संसद्मा कसरी प्रस्तुत हुने, कस्ता एजेन्डा केन्द्रित हुने, सांसदको भूमिका कसरी प्रभावकारी रूपमा निभाउने जस्ता विषयमा छलफल हुने बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री
-
‘अदालतमा रहेको विषयमा संसदमा प्रधानमन्त्रीले किन जवाफ दिनुभयो ?’
-
सलमानको ‘सिकंदर’ को बक्स अफिसमा सुस्त सुरुवात
-
विद्यालय शिक्षा विधेयकलाई छिटो टुंग्याऔंः मन्त्री भट्टराई
-
चेन्नईका प्रशिक्षक फ्लेमिङ भन्छन्– ‘बढ्दो उमेर र घुँडाको समस्याका कारण धोनी निरन्तर १० ओभर ब्याटिङ गर्न सक्दैनन्’
-
शिक्षक महासंघलाई शिक्षा समितिको आग्रहः आन्दोलन स्थगन गर्नुहोस्