आप्रवासीहरूलाई फिर्ता पठाउने विमान रोकेपछि ट्रम्प र कोलम्बिया आमनेसामने

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरूलाई फिर्ता पठाउने विषयमा कोलम्बियाका नेताहरूलाई चेतावनी दिएका छन्।
कोलम्बिया सरकारले निर्वासित आप्रवासीहरूले भरिएका अमेरिकी विमानहरूलाई कोलम्बियामा अवतरण गर्न अनुमति दिएन। आप्रवासीहरूलाई ल्याइएका विमानहरू सैन्य विमान भएको सरकारको तर्क थियो ।
कोलम्बिया सरकारको यो कदमपछि डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल साइट ट्रुथ सोसलमा एक पोस्टमा भनेका छन्, ‘हामी कोलम्बियालाई आफ्नो कानुनी जिम्मेवारी बेवास्ता गर्न दिने छैनौँ। कोलम्बियाले जबरजस्ती संयुक्त राज्य अमेरिकामा निर्वासित गरिएका अपराधीहरूलाई फिर्ता लिनुपर्नेछ।’
उनले भनेका छन्, ‘अमेरिकाले कोलम्बियाका अधिकारीहरूको यात्रामा प्रतिबन्ध लगाउनेछ र उनीहरूको भिसा तत्काल रद्द गरिनेछ । यी प्रतिबन्धहरू कोलम्बियाका साथै यसका सहयोगी र समर्थकहरूमा लागू हुनेछन्।’
कोलम्बियामा पनि २५ प्रतिशत कर लगाउने र एक साताभित्र यो कर बढेर ५० प्रतिशत पुग्न सक्ने ट्रम्पको चेतावनी छ । यसबारे जवाफ दिँदै कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले भने, ‘अमेरिकाले २५ प्रतिशत कर लगाएको प्रतिक्रियामा हामीले अमेरिकामा पनि २५ प्रतिशत कर लगाउनेछौँ ।’
यसअघि आइतबार कोलम्बियाका राष्ट्रपति पेट्रोले भनेका थिए, ‘हामी नागरिक विमानबाट आफ्ना नागरिकको ढुवानी स्वीकार गर्नेछौँ। उनीहरुलाई अपराधी जस्तै व्यवहार गर्नुहुँदैन । प्रवासीहरूलाई 'सम्मान र मर्यादा'का साथ फिर्ता पठाउनुपर्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा वर्षाले राहत, तस्बिरहरू
-
खाजा खाने क्रममा चट्याङ लागेर दूधकुमारको घटनास्थलमै मृत्यु
-
अलपत्र काठमाडौँ भ्युटावर, तस्बिरहरू
-
च्याम्पियन्स लिग फुटबल : रियलविरुद्ध गोल गरेपछि रोनाल्डो र नेमारको हाराहारीमा आर्सनलका राइसले
-
गण्डकीको हिउँदे अधिवेशन सकियो, लोकल रक्सी ब्राण्डिङ गर्ने सहित १० विधेयक ‘टेबुल’
-
च्यासलमा रग्बीको भिडन्त, तस्बिरहरू