ला लिगामा गेटाफे र रायो भायकानोलाई सफलता
सोमबार, १४ माघ २०८१, ०२ : ०७

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा गेटाफे र रायो भायकानो विजयी भएका छन् । आइतबार राती भएको खेलमा रायो भायकानोले गिरोनालाई २-१ ले हराउँदा गेटाफेले रियाल सोसिडाडलाई ३-० ले हरायो ।
जितपछि रायो भायकानो अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ । नवौं स्थानको रियाल सोसिडाडलाई हराएसँगै गेटाफेले हालसम्मको ऋणात्मकतामा सुधार गरेको छ ।
यस्तै, आइतबार राती नै भएको अर्को खेलमा एथ्लेटिक क्लब र लेगानेसले गोलरहित बरारबरी खेल्दै अंक बाँडेका छन् ।