हिमाल चढ्नेहरुका लागि सरकारले सामाजिक सुरक्षाको व्यवस्था गर्ने
सोमबार, १४ माघ २०८१, ०१ : ३५

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्वतारोहीका लागि कल्याणकारी कोष स्थापना गर्ने उद्घोष गरेका छन् ।
पर्वतारोही फुन्जो जाङमो लामासहितका आरोहीलाई सम्मान गर्दै मन्त्री पाण्डेले पर्वतारोहीको सामाजिक सुरक्षा र आरोहणमा प्रोत्साहनका लागि कल्याणकारी कोष स्थापना गरिने बताएका हुन् ।
गोरखाको चुमनुब्री गाउँपालिकाद्वारा आयोजित सम्मान कार्यक्रममा सबैभन्दा छोटो समय (१४ घण्टा ३१ मिनेट)मा सर्वोच्च शिखर सगरमाथा आरोहण गरी कीर्तिमान कायम गर्ने लामासहितका आरोहीलाई सम्मान गरिएको हो ।
कीर्तिमानी लामाका साथ मिङमार छिरिङ लामा, नाङ्सेल छोइडोन लामा, नानु माया गुरुङ, डिकी ल्हामु लामा र युक्ता गुरुङलाई पनि मन्त्री पाण्डेले सम्मान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटान नियन्त्रण नहुँदा सुरौदी खोला जलाधार क्षेत्रका स्थानीय मारमा
-
बर्सिम घाँसको बीउबाटै लाख कमाउँछन् किसान
-
देशमा तीन मौसमी प्रणाली सक्रिय : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो फल ?
-
इटालियन सिरी’एमा एसी मिलान विजयी
-
प्रिमियर लिगमा ३५ औं चरणका खेल पुरा, क्रिष्टल र नटिङघमले अंक बाँडे