रवि लामिछाने मध्यरातमै हिँडे पोखरा

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रुपन्देही जिल्ला अदालतमा एक करोड धरौटी बुझाएर रिहा भएलगत्तै राति नै पोखरातर्फ लागेका छन् । त्यसलगत्तै सभापति लामिछाने भैरहवाबाट गाडीबाट पोखरा प्रस्थान गरेका रास्वपा लुम्बिनी प्रदेशका उपाध्यक्ष शालिकराम घिमिरेले बताए ।
आइतबार अबेर आएको फैसलापछि रकम धरौटीका लागि केहीबेर समय लागेको थियो । प्रभु बैङ्कमार्फत धरौटी बुझाएर रिहा भएका लामिछानेले केहीबेर आफ्ना नेता कार्यकर्तासँग खुसी साटेका थिए।
मंगलबारदेखि भैरहवाको होटल मेरीगोल्डमा बस्दै आएका थिए । बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएपछि उनी यहाँ आएका थिए ।
लामिछाने श्रीमती निकिता पौडेलसहित सचिवालयका ११ जनाको टोली लिएर पोखरा लागेका हुन् । जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटी बुझाएपछि थुनामा बस्न नपर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गायक तथा सङ्गीतकार विक्रम राईको निधन
-
छिमेकविरुद्ध बाहिरबाट प्राप्त हुने सहयोग अस्थायी र स्वार्थ आधारित हुँदो रहेछ : महासचिव पोखरेल
-
रियलमी नोट ६० र नोट ६० एक्स नेपालमा सार्वजनिक गरिँदै
-
देश विकास गर्न सरकार अग्रसर छ : उपप्रधानमन्त्री सिंह
-
लागूपदार्थ मुक्त देश बनाउन स्थानीय सरकारले पहलकदमी लिनु पर्छ : गृहमन्त्री लेखक
-
क्रिस गेलको नाममा सर्वाधिक रन