अखिल क्रान्तिकारी अपडेट : मधेस प्रदेशबाट पौडेलले पाए जम्मा एक भोट

काठमाडौँ । अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि शनिवार भएको निर्वाचनको मतगणनामा मधेस प्रदेशबाट अध्यक्षका उम्मेदवार सुदिन पौडेलले जम्मा एक मत पाएका छन् ।
यस्तै अध्यक्षका अन्य उम्मेदवारहरू उपदेश यादवले ६५, हेमन्त राईले ४१ तथा विजय प्रकाश शर्मा सापकोटाले ४० मत प्राप्त गरेको माओवादी केन्द्र मधेस प्रदेशका नेता भरत साहले जानकारी दिए ।
उनले मधेस प्रदेशमा मतगणनाका क्रममा विवाद भए पनि पछि राई र यादव गणनाको पक्षमा उभिएसँगै सहमति जुटेर मतगणना गरिएको बताए । उम्मेदवारहरूमध्ये पौडेल नेता वर्षमान पुन निकट मानिन्छन् भने सापकोटा प्रचण्ड, राई जनार्दन शर्मा र यादव नारायणकाजी श्रेष्ठ निकट मानिन्छन् ।
श्रेष्ठ निकट यादवले मधेस प्रदेशबाट सर्वाधिक मत पाएका हुन् । अखिल क्रान्तिकारीको आइतबार नै सबै प्रदेशको गणना सकेर अन्तिम मत परिणाम सार्वजनिक गर्ने भनिए पनि केही स्थानमा विवाद हुँदा हालसम्म नतिजा आउन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो अरुणको पहुँचमार्ग निर्माण सुरु
-
सगरमाथा संवादको तयारी तीव्र
-
लगानी कोषका योगदानकर्तादेखि कर्मचारीलाई गङ्गालालमा छुट
-
१२ बजे, १२ समाचार : टोखामा सुटर पक्राउ गर्न प्रहरीले गोली चलायोदेखि विप्लवले कालिकोटमा गरे भेडा फार्मको उद्घाटनसम्म
-
रियल सोसिडाडलाई हराउँदै शीर्ष स्थानमा बार्सिलोनाको पुनरागमन
-
मादी गाउँपालिका स्थापना दिवसमा खुला भलिबल प्रतियोगिता