शनिबार, ३० चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संसदीय दलको बैठकमा शंकर भण्डारीको कटाक्ष

आइतबार, १३ माघ २०८१, १९ : ४६
आइतबार, १३ माघ २०८१

काठमाडौँ । कांग्रेस सांसद शंकर भण्डारीले संसदीय दलको बैठकमा कटाक्ष गरेका छन् । आइतबार बसेको बैठकमा उनले बैठक सञ्चालन प्रक्रियाबारे सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका हुन् । 

‘सभापतिजी जनआन्दोलनका कमाण्डरले पार्टी छाडेको इतिहास छ त्यसैगर किसुनजीले पनि । यो बैठक सञ्चालन प्रक्रिया देखेर मलाई गम्भीर बनायो’, उनले भने, ‘जनताले जिताएरै पठाए त्यो नै सर्वोत्कृष्ट उत्तीर्ण हो । तर यहाँ कुन विधाको मान्छे पढाइरहेको छ ?’

बैठकमा विज्ञहरूको नामबाट अध्यादेशबारे ब्रिफिङ भएपछि भण्डारीले यस्तो प्रश्न गरेको एक सांसदको भनाइ छ । 

ती सांसदका अनुसार प्रताप पौडेल र सेमन्त दाहालको विषयमा प्रश्न उठाएका हुन् । ‘एकै व्यक्ति महामन्त्रीको सचिवालय तथा सरकारको अध्यादेश ड्राफ्टमा त्यही मान्छे र यहाँ पढाइरन्छ’, भण्डारीको भनाइको आशय थियो, ‘बीआरआई ड्राफ्टमादेखि सोही व्यक्ति स्वास्थ्य मन्त्रीको सल्लाहाकार पनि छ ।’ यही देखाएर  पौडेलको पढाउने योग्यतामा सभापतिलाई भण्डारीले प्रश्न गरेको ती सांसदको भनाइ छ । 

 बीआरआई ड्राफ्टमा काम गर्ने सेमन्त दाहाल समेत विज्ञको नाममा महामन्त्री गगन थापाले संसदीय दलको बैठकमा लामो समय गोष्ठी जसरी विज्ञ खडा गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप