संसद् अधिवेशनमा कांग्रेस एकढिक्का भएर प्रस्तुत हुने

काठमाडौँ । नेपाली कांग्रेसले आगामी संसद् अधिवेशनमा एक ढिक्का भएर जनताका मुद्दा उठाउने भएको छ । आइतबार बसेको सो पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको कांग्रेस सांसद रामहरि खतिवडाले बैठकपछि जानकारी दिए । साथै बैठकमा हिउँदे अधिवेशन, पार्टी र सकारका काम कारबाहीका बारेमा समेत छलफल भएको खतिवडाको भनाइ छ ।
‘आसन्न अधिवेशनमा पार्टी कसरी प्रस्तुत हुने भन्नेमा छलफल भयो । बैठक भोलि पनि बस्छ’, खतिवडाले भने, ‘बैठकमा गृहमन्त्री रमेश लेखकले सरकारका कामकारबाहीबारे धारणा राख्नुभयो त्यस्तै महामन्त्री गगन थापाले केही कुरा राख्नुभयो ।’
बैठकमा सरकारले राम्रा कामहरूको सुरुवात गरेको भन्दै यो गठबन्धनको सरकारलाई आगामी ८४ सम्म लैजानेबारे समेत छलफल भएको छ ।
त्यस्तै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले अध्यादेशका बारेमा विज्ञहरूले प्रकाश पारेको बताए । भोलिदेखि सांसदहरूले बोल्ने र नेताहरूले जवाफ दिने घिमिरेको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खानेपानीमन्त्री यादव भारत प्रस्थान
-
अखिल क्रान्तिकारीले टुंग्यायो आरआरको स्ववियु सभापति उम्मेदवार
-
नेपालमा साँचो लोकतन्त्र २०६५ सालमा जन्मिएको हो, त्यसअघि होइन
-
हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण नेपालको रूपरेखा फेर्न सहयोग पुग्नेछ : अध्यक्ष प्रचण्ड
-
‘साना गाई हटाएर २० लिटर दूध दिने खालका पाल्नुपर्छ’
-
सिन्धुलीमा सवारी दुर्घटना हुँदा आठ जना घाइते