विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उद्योग समितिबाट पारित

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० लाई सर्वसहमतिले पारित गरेको छ । आइतबार बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकले उक्त विधेयकलाई सर्वसहमतिले पारित गरेको हो ।
समितिले लामो समय विधेयकका विषयमा छलफल गरी समितिले बनाएको अन्तिम ड्राफ्टको विषयमा उद्योग, कानुन र सञ्चार मन्त्रालयसँगको छलफलपछि विधेयक समितिबाट पारित भएको हो । विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभा हुँदै छलफलका लागि समितिमा आएको थियो ।
समिति बैठकमा बोल्दै समिति सभापति अब्दुल खानले सबैको सर्वसहमतिले विधेयक पास भएको घोषणा गरे । उनले समितिबाट पारित भएको विधेयक संसदमा पेस गरिने बताए । उनले समितिबाट विधेयक पास भएपनि संसदमा पेस गर्ने जिम्मेवारी बाँकी रहेको बताए ।
समिति बैठकमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० महत्त्वपूर्ण रहेको भन्दै नयाँ विधेयक बन्नु खुसीको विषय भएको बताए । उनले नयाँ ऐन समिति र संसदबाट पारित गराउनु भनेको समिति र सरकारको पुँजी भएको बताए । उनले विगतमा धेरै ऐनहरू बनाउँदा समय सापेक्ष भए/नभएको समीक्षाका आधारमा नयाँ कानुन बनाउन आवश्यक रहेको बताए । उनले सरकारले ऐन कानुनहरू बनाउँदा सरलीकृत बनाउने प्रयास स्वरुप धेरै ऐनहरू संशोधन गरिरहेको उल्लेख गरे ।
विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० विधेयकले मध्यस्तकर्ता, उत्पादक र विक्रेतालाई व्यवसायीको रुपमा लिएको छ । विधेयकले अरुको उत्पादनलाई अनलाइन माध्ययमबाट व्यापार गर्ने व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला