बिहीबार, २८ चैत २०८१
ताजा लोकप्रिय

सोनाम ल्होसारमा राक्सिराङमा ३ दिन बिदा

आइतबार, १३ माघ २०८१, १७ : ०९
आइतबार, १३ माघ २०८१

हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले सोनाम ल्होसारको अवसरमा ३ दिन सार्वजनिक बिदा दिने भएको छ । तामाङ समुदायले नयाँ वर्षको रूपमा मनाउँदै आएको उक्त पर्वको अवसरमा गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

माघ १६, १७ र १८ गते सार्वजनिक बिदा हुने  गाउँपालिकाले आइतबार जारी गरेको सूचनामा उल्लेख छ । सार्वजनिक बिदाको दिन गाउँपालिका भित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तीय संस्था बन्द रहने छन् ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले पालिकामा तामाङ समुदायको बाहुल्यता रहेको र उनीहरूको पर्वलाई विशेष बनाउन बिदा दिइएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप