आगामी चैतमा सङ्घीय परिषद् भेला गर्ने जसपाको निर्णय
आइतबार, १३ माघ २०८१, १७ : ०७

काठमाडौँ । जनता समाजवादी पार्टीको केन्द्रीय समिति बैठक सङ्घीय परिषद् भेला गर्ने निर्णय गर्दै सकिएको छ । शनिवारबाट वीरगन्जमा बसेको बैठकले परिषद् भेला गर्नेसहित महत्त्वपूर्ण चार वटा निर्णय गरेको महासचिव मोहम्मद इस्तियाकर राईले जानकारी दिए ।
परिषद् बैठक अघि सातै प्रदेशहरूको गठन पुनर्गठन पनि गरिसक्ने सो पार्टीले जनाएको छ । ‘हाम्रो पार्टीको सङ्घीय परिषद् भेला आगामी चैत महिनामा काठमाडौँमा गर्ने निर्णय भएको छ । मिति र स्थान पछि तय हुन्छ’, बैठकपछि राईले रातोपाटीसँग भने, ‘त्यसबाहेक बैठकले राजनीतिक प्रतिवेदन,प्रतिवेदन सुझावसहित पारित गरेको छ ।’
संविधान संशोधन, कार्यगत एकतालगायतका विषयमा पनि बैठकमा छलफल भएको नेता राईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपतिद्वारा ५ वटा विधेयक प्रमाणीकरण
-
गणतन्त्र जिन्दावादको नारा लगाउँदै धनकुटामा एमालेको मोटरसाइकल र्याली
-
सिस्नेरी खोलामा पौडी खेल्न पसेका ३ बालकको अचेत अवस्थामा उद्धार
-
प्राधिकरणका निर्देशकलाई कर्णालीका मुख्यमन्त्रीको फोनः कोहलपुर-सुर्खेत प्रशारण लाइनको विवाद सुल्झाउन आग्रह
-
त्रिचन्द्र क्याम्पसमा निर्वाचन अधिकृतमाथि मोसो किन दलियो ?
-
संघीय सरकारविरुद्ध बागमती सरकारले मुद्दा दायर गर्ने