आइतबार, २० माघ २०८१
ताजा लोकप्रिय

बिचार र मुद्दा मिल्ने दल तथा शक्तिहरूसँग सहकार्यसँगै एकीकरण गर्न सकिन्छ : मन्त्री यादव

आइतबार, १३ माघ २०८१, १७ : ०१
आइतबार, १३ माघ २०८१

वीरगन्ज । जनता समाजवादीका उप–महासचिव एवम् संघीय खानेपानीमन्त्री प्रदीप यादवले बिचार र मुद्दा मिल्ने समूह, दल, वा शक्तिहरूसँग सहकार्य तथा एकीकरण गर्न सकिने बताएका छन् ।

पर्सामा जारी पार्टीको केन्द्रीय समितिको बैठकलाई आइतबार सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।

‘हामी देश र पिछडिएका जनताको पक्षमा वकालत गर्न तथा देश विकासका लागि राजनीतिमा होमिएका छौँ । बिचार, मुद्दा मिल्ने समूह, दल, शक्तिहरूसँग सहकार्य तथा एकीकरण गर्न सक्छौँ’, मन्त्री यादवको भनाई छ ।

मन्त्री यादवले आम नागरिकलाई सर्वोपरि ठानेर मधेसका मुद्दा एवम् देशभरिका नागरिकका समस्या समाधानका लागि जनता समाजवादी पार्टी (जसपा) ले उल्लेख्य भूमिका निर्वाह गरिरहेको पनि बताए ।

‘हाम्रा लागि जनता सर्वोपरि हुन् । जनताको विकास र जिवन स्तर उकास्न हामी कहिले पछि पर्ने छैनौँ’, यादवको भनाइ छ ।

उनले जसपा समेत सहभागी वर्तमान सरकारले लोकप्रिय, जनमुखी र परिणामदायी काम गरेको दाबी समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप