‘जनै हराएको बाहुन’ मा विजयको इन्ट्री

काठमाडौँ । ‘पूर्णबहादुरको सारंगी’ बाट मुख्य भूमिकामा देखिएका विजय बराल ‘जनै हराएको बाहुन’ मा पनि भित्रिएका छन् । निर्माण कम्पनी पेपरक्लिप प्रालिले फिल्ममा उनलाई मुख्य भूमिकामा अनुबन्धित गरेको हो । बराल फिल्ममा भित्रिएको निर्देशक हिमाल न्यौपानेले जानकारी दिए ।
कथा, पटकथा र संवाद भानुभक्त ढकालको रहेको फिल्ममा गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तन कथाको रूपमा रहेको छ । फिल्मका निर्माता सिआर बस्नेत, कमल न्यौपाने, आरके मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ हुन् ।
नवीन गुरुङ छायाकार रहेको फिल्ममा अन्य कलाकार र प्राविधिक टोलीको बारेमा केही दिनभित्रै सार्वजनिक गरिने बताइएको छ । यो वर्षको अन्त्य सम्ममा छायाङ्कन सुरु गर्ने लक्ष्य राखिएको फिल्म २०८२ सालमा दर्शकमाझ आउने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'जुन देश गरिब हुन्छ त्यस देशका नेताहरू सजिलै बिक्री हुन्छन्'
-
ढोरपाटन जोड्ने सडक स्तरोन्नितका लागि एक अर्ब बजेट
-
एक्मीका विद्यार्थीलाई अन्यत्र सारियो, कलेजलाई कारबाही गर्न हुँदैछ आनाकानी
-
‘सर्माइ भागेर’ मा ‘दर्पण छाया २’ जोडी पुष्प र सहारा
-
‘आउटलः दफा २१९’को एक्सनले उठाउला सुशीलको करियर ?
-
भोजपुरमा ‘अकबरे खुर्सानी प्रशोधनको केन्द्र’ स्थापना गरिँदै