सत्तापक्षकै कारण विधेयकहरूमा ढिलाइ : हितराज पाण्डे

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सत्तापक्षका सांसदहरूका कारण समितिमा रहेका विधेयकहरू अघि बढ्न नसकेको बताएका छन् ।
आइतबार सभामुख देवराज घिमिरेसँग प्रतिपक्ष दलका प्रमुख सचेतकहरूसँगको छलफलपछि नेता पाण्डेले संसद् अधिवेशन, विधेयकको अवस्था लगायतका बारेमा सभामुखले चासो राखेको बताए ।
‘समितिमा रहेका संघीय निजामती, विद्यालय शिक्षा लगायतका महत्त्वपूर्ण विधेयकहरू छिटो अघि बढाउन पाए हुन्थ्यो भनेर सभामुखले चासो राख्नुभयो’, पाण्डेले भने, ‘तर यी विधेयकहरू अघि बढाउन सत्तापक्षका सांसदहरूले पनि ध्यान दिनुपर्छ भनेका छौँ ।’
उनले विपक्षीका तर्फबाट गर्नुपर्ने सवालमा छलफल गर्न तयार रहेको भन्दै कार्यव्यवस्था परामर्श समितिको बैठकसम्म पुग्दा धेरै विषयहरूमा सहमति जुट्ने बताए ।
सभामुखसँगको छलफलमा प्रतिपक्ष दलका सचेतकहरूले सरकारले संसदमा पुगेका विधेयक फिर्ता नै नगरी अध्यादेश ल्याएको भन्दै ध्यानाकर्षण गराएका थिए ।
‘अध्यादेशका बारेमा सरकारले संसद्लाई रेस्पोन्स गरिरहेको छैन । संसद्को समितिमा रहेको विधेयकमा पनि अध्यादेश आएको छ’, पाण्डेले भने, ‘अध्यादेशमा आएका कन्टेन्टका बारेमा हामी सरकारसँग संसदमा कुरा गर्छौ ।’
उनले विधेयक फिर्ता नलिई अध्यादेश ल्याएकोबारे सभामुखले पनि सरकारसँग कुरा गर्नुपर्ने धारणा राखेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र युरोपबिच व्यापार सम्झौताको सम्भावना, इटालीका प्रधानमन्त्रीले भेटिन् ट्रम्पलाई
-
कर्मचारीलाई बेवास्ता गरेर ऐन ल्याए आन्दोलनमा उत्रिने चेतावनी
-
२५ जना सदस्यसहित नेपाल आइपुगिन् देवी प्रतिभा, १४ दिनसम्म पोखरामा कथा वाचन गर्ने
-
राज्य व्यवस्था समितिमा पुगे निजामती ट्रेड युनियनका प्रतिनिधि, ११ बुँदे ज्ञापनपत्र हस्तान्तरण
-
सरकारी वेबसाइटहरु डाउन, किन भयो यस्तो ?
-
काभ्रेको रोशीमा आगलागीमा परेका दुई बालबालिकाको उद्धार