काठमाडौँ । गायिका पूर्णिमा लामाले ‘ल्हासो ल्हासो’ बोलको गीत सार्वजनिक गरेकी छन् । गीतमा गायिका लामालाई स्वरमा दीपक तामाङले साथ दिएका छन् ।
गीतमा शब्द, संगीत र एरेन्ज समेत गायक तामाङकै छ । गल्छी गाउँपालिका ७ मछेडीखोला, धादिङकी पूर्णिमा लामा नेपाली गीत संगीत क्षेत्रमा लामो समयदेखि सक्रिय छिन् । गायिका लामाले यो वर्ष मात्रै दर्जनौँ गीत सार्वजनिक गरेकी छन् ।
उनका ‘मुटु जली खरानी भो’, ‘फूल भनौँ जिन्दगीलाई’, ‘धेरै माया नगर्नु यहाँ कसैलाई’ जस्ता गीतहरू चर्चित छन् ।
प्रतिक्रिया