सुप्रिम सहकारी ठगी प्रकरण
रवि लामिछाने पक्षका कानुन व्यवसायीको बहस सकियो
आइतबार, १३ माघ २०८१, १५ : ५३

बुटवल । सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेका कानुन व्यवसायीको बहस सकिएको छ । आइतबार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, पशुपति भण्डारी, नारायण कँडेलले बहस सकेका हुन् ।
अब सरकारी वकिलले जवाफी बहस सकेपछि आदेश आउने छ । अदालतका श्रेस्तेदार यज्ञमूर्ती ज्ञवालीले अब सवालजवाफ सुरु भएको बताए ।
सहकारी ठगी र संगठित अपराधको अभियोग लागेका रास्वपाका सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रवन्ध निर्देशक लामिछाने आइतबार पनि अदालतमा उपस्थित भएका हुन् ।
जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा मुद्दा परेपछि उनले बुधबार बयान दिएर परिवार र वकिलको जिम्मा जमानीमा बस्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाने होइन त सिजनको फल ? (तस्बिरहरू)
-
दूधमा छोकडालाई उमालेर पिउँदा हुन्छन् यस्ता फाइदा
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
दैलेखको ठाटीकाँधमा राति घरमा सुतेको शिशु गायब, अज्ञात समूहले लगेको परिवारको आशंका
-
पानी पर्दा पनि किन हट्न सकेन वायु प्रदूषण ?
-
आफू अतिथि रहेको कार्यक्रममा सहभागी नभएपछि ऊर्जा राज्यमन्त्रीले सोधे सचिवलाई स्पष्टीकरण