अमेरिकामा घर विक्री तीन दशकयताकै न्यूनस्तरमा
आइतबार, १३ माघ २०८१, १५ : ४०

वासिङ्टन डिसी । अमेरिकामा प्रचलनमा आइरहेका घरको विक्री घटेर गएको वर्ष झन्डै तीन दशककै न्यून स्तरमा ओर्लिएको छ । घरको भाउ आकासिएकै अवस्थामा अनि धितो कर्जाको दर पनि बढ्दा घर क्रेताको क्रय शक्ति खुम्चिएर घरको विक्री घटेको हो ।
२०२४ मा अमेरिकामा ४० लाख ६० लाख विद्यमान घर विक्री भएको नेशनल एसोसिएसन अफ रियल्टर्सले शुक्रबार बताएको हो । यो सङ्ख्या सन् १९९५ यताकै न्यून हो ।
अमेरिकाको घरजग्गा बजारमा विक्री हुने कूल घरमा प्रचलनमा रहेका घरको अनुपात धेरै छ । सो अवधिमा घरको औसत मूल्य ४ लाख ७ हजार ५०० डलरको कीर्तिमानी उच्च स्तरमा उक्लिएको थियो ।
योसँगै लगातार १८ औँ महिना पनि विद्यमान घरको मूल्य बढेको थियो । डिसेम्बरमा यस्ता घरको औसत मूल्य ४ लाख ४ हजार ४०० डलर थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने लक्ष्य
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
औद्योगिक ग्राम सञ्चालन कार्यविधि : ३० वर्ष मुनिका युवा उद्यमी र घरेलु उद्योगलाई प्राथमिकता
-
‘माया के हो ?’मा आकाश र उगेनकाे रोमान्स
-
'नयाँ सहमतिको लागि आन्दोलन गरेका होइनौँ, पुरानै सहमति सम्बोधन होस्, वार्ताको औचित्य छैन'
-
चिनियाँ नागरिक रुसको तर्फबाट लडिरहेको जेलेन्स्कीको दाबी, पक्राउ परेका दुई सैनिकको भिडियो जारी