करेक्सनकै बाटोमा नेप्से, आइतबार १०.४१ अंकको गिरावट

काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) आइतबार घटेको छ । आज नेप्से परिसूचक १०.४१ अंकले घटेर २६४३.९३ अंकमा झरेको हो । आज बजारमा ९ अर्ब १२ करोड बराबरको कारोबार भयो ।
गत बुधबार सेयर बजार एकैदिन ५२ अंकले बढेको थियो । बिहीबार ११.१० अंकले करेक्सन भएको बजारले आइतबार समेत करेक्सनलाई निरन्तरता दिएको हो ।
बजारमा आज १२१ कम्पनीको मूल्य घटेको छ । ११६ कम्पनीको मूल्य बढ्दा १० कम्पनीको मूल्य स्थिर रहेको छ । आज पनि फाइनान्स र उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा धेरैले घटेको छ । विकास बैंक, माइक्रोफाइनान्स, हाइड्रोपावर लगायत सूचक आज बढेको छ । बजारमा आज २ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्दा एनआईसी एशियाको डिबेञ्चर सहित चार सेयर स्क्रिपको मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
बजारमा आज सप्तकोशी डेभलपमेन्ट बैंक, नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फास्ट्रक्चर लगायतको सबैभन्दा धेरै कारोबार भयो । कारोबार भएको सेयर संख्याको आधारमा पुनर्बीमा कम्पनी र कारोबार संख्याको आधारमा हिमालयन रिइन्स्योरेन्स अघि देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्रीद्वारा कानूनी चुनौतीलाई बेवास्ता गर्दै नयाँ सुरक्षा प्रमुख नियुक्त
-
रमेश अवस्थी अनेरास्ववियु केन्द्रीय सदस्यमा मनोनीत
-
आठ महिनामा १५ हजार मेट्रिक टन रासायनिक मल बिक्री
-
धनकुटाको लेगुवा खोला पक्की पुल, स्थानीयलाई सङ्खुवासभा घुम्नुपर्ने बाध्यता हट्यो
-
पूर्व राजालाई राज्यले दिएको सम्मान भंग भयोः योगेश भट्टराई
-
पत्रकार हत्याको विरोधमा मुख्यमन्त्री र प्रजिअलाई ध्यानाकर्षणपत्र