शासकहरू मुठीभरको स्वार्थमा डुब्दा देश र जनता कंगाल भए : विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले शासकहरू मुठीभरको स्वार्थमा फस्दा देश र जनता कंगाल भएको बताएका छन् । प्रज्ञाभवन कमलादीमा आइतबार भएको ध्रुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले शासकहरू जनतातिर नभई मुठीभरको स्वार्थमा फस्दा देश कंगाल भएको बताएका हुन् ।
‘शासकहरू जनतातिर फर्किएनन् । विदेश(मालिक)तिर फर्किँदा समस्या आयो । मुठीभरको स्वार्थमा राज्य डुब्यो । राजनीतिज्ञहरू डुबे’, उनले भने, ‘गणतन्त्र आएको १८ वर्ष लामो समय गोलचक्करमा राज्य फसेको छ । तर जनतामा फर्किन सकेको छैन । नेपालको गणतन्त्र जनताको गणतन्त्र बन्न सकेन । त्यसैले आजको थुप्रै समस्याहरू हामीले खेप्नुपरेको छ । यसमा हाम्रो पार्टी निकै सचेत छ ।’
नेकपाले सम्पूर्ण मित्रशक्ति कम्युनिस्ट, समाजवादी, गणतन्त्रवादी, देशभक्तहरूलाई एक ठाउँमा ल्याएर देश र गणतन्त्रलाई जनताको राज्यमा बदल्ने चाहना रहेको विप्लवले दाबी गरे ।
देशमै बसेर जनतालाई उच्च शिर बनाएर आफ्नै विवेक, बल र तागतमा राष्ट्र निर्माण गर्न सकिन्छ भन्ने एउटा सन्देश दिनखोजेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्रको सेट परिवर्तन
-
दुर्गा प्रसाईंको राहदानी ‘ब्ल्याकलिस्ट’मा राखिँदै
-
१० बजे १० समाचार : ज्ञानेन्द्रलाई जरिवाना, राजावादी धमाधम पक्राउ पर्दा कमाण्डर फरार
-
म्यानमारमा गएको भूकम्पमा १५ जना गैरआवासीय नेपालीको मृत्यु
-
आन्दोलनका नाममा हिंसा गर्ने जोसुकैलाई कारबाही हुन्छः मन्त्री गुरुङ
-
तीनकुने घटनापछि प्रहरी हेडक्वार्टरले मगायो उपत्यका बाहिरको फौज