फ्रेन्चाइज क्रिकेटमा २० ओभर नै स्पिनर प्रयोग गरेर खेल जित्ने पहिलो टोली बन्यो पर्ल रोयल्स
काठमाडौँ । अधिकांश क्रिकेट प्रतियोगितामा फिल्डिङ गर्ने टोलीले तीव्र गतिका बलरहरूलाई पहिले बलिङको जिम्मेवारी दिने गर्छन् । बिस्तारै बल पुरानो हुँदै गएपछि बलिङको जिम्मेवारी स्पिनरलाई दिइन्छ ।
खासगरी, टी–२० प्रतियोगितामा पावर प्ले अवधि (सुरुवाती ६ ओभर) तीव्र गतिका बलरले बलिङको जिम्मेवारी आफ्नो काँधमा लिन्छन् । त्यसपछि क्रमशः स्पिनरहरू बलिङका लागि आउँछन् ।
तर, हाल दक्षिण अफ्रिकामा जारी फ्रेन्चाइज प्रतियोगिता एसए–२० मा एउटा टोलीले २० ओभर नै स्पिनरहरूलाई बलिङ गराएको छ । उक्त टोलीले त्यो खेल जित्दै विश्व कीर्तिमान पनि बनाएको छ ।
एसए–२० मा जो रुटको टोली पर्ल रोयल्सले यस्तो गजबको कीर्तिमान बनाएको हो । पर्ल रोयल्सबाटै भारतका पूर्वब्याट्सम्यान दिनेश कार्तिक पनि खेल्छन् ।
एसए–२० को २०औँ खेल शनिबार राति पर्ल रोयल्स र प्रिटोरिया क्यापिटल्सबिच खेलिएको थियो । उक्त खेलमा पर्ल रोयल्सको तर्फबाट पुरै २० ओभर स्पिनर्सहरुले बलिङ गरेका थिए ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको पर्ल रोयल्सले निर्धारित ओभरमा चार विकेट गुमाएर एक सय ४० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको प्रिटोरिया क्यापिटल्सले भने २० ओभरमा सात विकेट गुमाएर एक सय २९ रनमात्र बनाउन सक्यो ।
पर्ल रोयल्सले ११ रनले खेल जित्यो । टी–२० फ्रेच्नाइज लिगमा २० ओभर नै स्पिन बलरले बलिङ गरेर खेल जित्ने पहिलो टोली पनि बन्यो पर्ल रोयल्स ।
प्रिटोरिया क्यापिटल्सलाई लक्ष्यसम्म पुग्न नदिन पर्ल रोयल्सका स्पिन बलरहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए । पर्ल रोयल्सको तर्फबाट २० ओभर नै स्पिनरले बलिङ गरेका थिए ।
पर्ल रोयल्सले पाँचजना स्पिनरलाई प्रयोग गरेको थियो । पाँच स्पिनरले चार–चार ओभर बलिङ गरेका थिए । जो रुटले पनि दुई विकेट लिएका थिए ।
यसैगरी, ब्योर्न फोर्टुइन, दुनिथ बेल्लालागे, मजिब उर रहमान र नकाबायोमजी पिटरले पनि चार–चार ओभर बलिङ गरे । मजिब उर रहमान र ब्योर्न फर्टुइनले पनि दुई–दुई विकेट हात पारे । दुनिथ बेल्लालागेले पनि एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नेता रमेशजङ्ग रायमाझी विवादमा
-
परराष्ट्रमन्त्रीको स्वकीय सचिव हुँ अमेरिका पठाउँछौँ भनेर ठगेको आरोपमा दम्पती पक्राउ
-
निलम्बित सचिव पाण्डेको मुद्दा प्रधानन्यायाधीशको इजलासमा पेसी
-
प्रिमियर इन्टरनेसनलद्वारा लिटरेचर फेस्टिभल सम्पन्न
-
पर्स नबोकी हिँड्छन् आमिर खान ?
-
निफमा हट्यो ‘भुठान’, छानियो ‘सानो संसार’