संसदीय दलको बैठक
कांग्रेस संसदीय दलको बैठकमा विज्ञहरूले अध्यादेशबारे ब्रिफिङ गर्ने
आइतबार, १३ माघ २०८१, १५ : ०८

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा विज्ञहरूले अध्यादेशबारे ब्रिफिङ गर्ने भएका छन् । केही बेरमा बस्ने कांग्रेसको संसदीय दलको बैठकमा विज्ञहरू प्रताप पौडेल, सेमन्त दाहाल र अरूण पौडेलले अध्यादेशबारे ब्रिफिङ गर्ने भएका हुन् ।
बैठकमा सरकारले ल्याएका अध्यादेशको बारेमा विज्ञहरूले ब्रिफिङ गर्ने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । उनका अनुसार बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयक तथा यसअघि नै प्रस्तुत भइसकेका विधेयकहरूमाथि पनि छलफल हुनेछ ।
यही माघ १८ गतेदेखि संघीय संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुट्खाजन्य पदार्थको बिक्री वितरणमा रोक
-
संसदीय समितिले मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने मानिसको मानव अधिकारको अवस्थाबारे स्थलगत अध्ययन गर्ने
-
सर्लाहीमा दिनदहाडै २२ लाख बराबरको चोरी
-
फेरि ३५ अर्ब खिच्दै राष्ट्र बैंक
-
गाजामा इजरायलको आक्रमण, एक पत्रकारसहित दुई जनाको मृत्यु
-
....अनि मन्त्रिपरिषद् बैठकमा मोबाइल लैजान बन्द