सीके राउतले सुरु गरे ‘यु ट्वान्टी फोर’ अभियान

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले संगठनमा विभिन्न नामले अभियान चलाउँदै आएका छन् । उनले दिने अभियानको नाम युनिक हुन्छ । उनले यसपटक पनि नयाँ नाम दिएर संगठनका लागि अभियान सुरु गरेका छन् । अभियानको नाम हो यु ट्वाइन्टी फोरम अर्थात अपडेट २४ घण्टा ।
यो अभियान डेढ महिना सञ्चालन हुने जनमत पार्टी नेपालका एक जना केन्द्रीय सदस्यले बताए । आइतबार जनमत पार्टीको केन्द्रीय समितिको भर्चुअल बैठक बसेको थियो । बैठकले यो अभियान सञ्चालन गर्ने निर्णय गरेको ती नेताले बताए ।
यो अभियानले संगठनमा को–को छन्, कहाँ–कहाँ छन् र कुन अवस्थामा छन् सबैको अद्यावधिक गर्नेछ । वडा तहदेखि केन्द्रसम्म अद्यावधिक गर्ने बताइएको छ । ती नेताले भने, ‘धेरैले जनमत पार्टी हुँ भन्छन् । तर ती व्यक्ति कहाँ छन्, कहाँको सदस्यता लिएका छन् खोजनीति हुन्छ । कतिपय व्यक्ति सदस्यता लिएर पनि निष्क्रिय छन्, त्यसको बारेमा पनि खोजनीति हुन्छ, कोही पार्टीमा निकै सक्रिय छन् । तर ती जहिले पनि पछाडिका पछाडि नै छन् भने त्यसको बारेमा पार्टीले अध्ययन गर्छ ।’
अभियानका क्रममा संगठनको सम्पूर्ण गतिविधि र सदस्यको बारेमा अध्ययन गरिने जनमत पार्टीले जनाएको छ । त्यसका लागि पर्यवेक्षक खटाउने बताइएको छ ।
फागुन २५ र २६ गतेका लागि भौतिक रूपमा केन्द्रीय समितिको बैठक बोलाएको छ । सो बैठकसम्म अभियान सञ्चालन हुनेछ । अभियानको बारेमा बैठकमा समिक्षा हुने पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चले मगायो रवि लामिछानेको मुद्दामा जिल्ला अदालत रुपन्देहीको मिसिलमा संलग्न कागजात
-
सङ्घीय गणतन्त्रको रक्षामा एकजुट होऔँ : शेरधन राई
-
ओलीले विन्दालाई बोलाएरै भेटेर भने - चिठी नै नभए केको कारबाही ?
-
पटक–पटक म्याद थप र हर्जानाः जेठभित्र 'सञ्चालनमा आउँदै' ग्वार्को ओभरपास
-
सशस्त्रका एआईजी सीपी गौतम सेवा निवृत्त
-
एमालेभित्र विवादः विनोद ढकाललाई पर्शुराम बस्नेतले 'अवैधानिक' भनेपछि...