कक्षा १०, ११ र १२ मा भाषा छुट्टै समूहबाट पढ्न पाउने
आइतबार, १३ माघ २०८१, १४ : ०७
![कक्षा १०, ११ र १२ मा भाषा छुट्टै समूहबाट पढ्न पाउने](https://rpcdn.ratopati.com/media/albums/curriculum-development-center_U93inFynI3.png)
काठमाडौँ । अबदेखि कक्षा १०, ११ र १२ मा पढ्ने विद्यार्थीहरूले भाषाहरू छुट्टै समूहबाट पढ्न पाउने भएका छन् । भाषा र अन्य विषयहरू एउटै समूहमा हुँदा विद्यार्थीहरूले या अन्य विषय पढ्नुपर्ने वा नेपालमा बोलिने भाषा मात्रै पाउने गरेका थिए ।
नेपालमा बोलिने भाषाहरूलाई छुट्टै समूहमा राखेसँगै अब विद्यार्थीहरू भाषा र अन्य विषय पढ्न पाउने भएका हुन् । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठले नेपालमा बोलिने भाषाहरूको छुट्टै समूह बनाइएको बताए ।
अरू विषय र भाषा विषय एउटै समूहमा हुँदा विद्यार्थीलाई आफ्नो रोजाइको भाषा पढ्न समस्या हुँदै आएको थियो । यस विषयमा विद्यार्थीहरूले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई समक्ष समेत गुनासो गरेका थिए । त्यसपछि एउटै समूहमा रहेका भाषा र अन्य विषयको समूह परिमार्जन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी
-
उपेन्द्रलक्षित प्रचण्डको टिप्पणी- मुद्दा नै छोडेर खाली सरकारको निम्ति जानुहुन्छ जस्तो मलाई लाग्दैन
-
ममता कुलकर्णीमाथि प्रश्न उठाउने हिमाङ्गी सखीमाथि आक्रमण
-
लागू भयो अमेरिकामाथि चीनको ‘टिट–फ–ट्याट’ अतिरिक्त महसुल
-
सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ८६ प्रतिशतले बढ्यो
-
वैकल्पिक राजनीतिका जन्मदाता उज्ज्वल थापाको सम्झना