अखिल क्रान्तिकारी निर्वाचन
कोशी प्रदेशमा पदाधिकारीको मतगणना सम्पन्न, हेमन्त राईलाई फराकिलो अग्रता
आइतबार, १३ माघ २०८१, १३ : २९

काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीको कोशी प्रदेश अन्तर्गत पदाधिकारीको मतगणना सम्पन्न भएको छ । निर्वाचन समितिका अनुसार अध्यक्षका प्रतिस्पर्धीमध्ये हेमन्त राईले सबैभन्दा बढी १२६ मत पाएका छन् ।
दोस्रोमा विजयप्रकाश शर्मा सापकोटाले ५७ मत पाएका छन् । राई र सापकोटाबिचको मतान्तर ६९ रहेको छ । सुदिन पौडेलले १९ मत पाउँदा अर्का प्रतिस्पर्धी उपदेश यादवले ५१ मत पाएका छन् ।
यसैगरी महासचिवमा राई पक्षका रोशन थापा मगरले ९७ मत पाएर अग्रपङ्क्तिमा छन् । सापकोटा पक्षधर सञ्जय महतोले २० मत पाएका छन् । यसैगरी प्रतीक कार्कीले ६३, श्याम रोकाले २७ र तिर्सना हमालले ८ मत पाएका छन् ।
अन्तिममा उम्मेदवारी फिर्ता लिएर महतोलाई समर्थन गरेका शिव बस्नेतको पक्षमा ६ मत परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्दा डुबेर दुई युवकको मृत्यु
-
सुरु भएको एनएसएल : सुरुवाती खेलमा नै रोमाञ्चक बराबरी (तस्बिरहरू)
-
पाकिस्तानमा तालिबानविरुद्धको ड्रोन आक्रमणमा ११ जनाको मृत्यु
-
कैलालीमा भारतीय दर्शनार्थी चढेको ट्याक्टर दुर्घटना, एक बालकको मृत्यु
-
गीत सुनेर के पाउँछस् ?
-
महिला जनप्रतिनिधि क्षमता अभिवृद्धि गर्ने जरुरी छः मुख्यमन्त्री आचार्य