राप्रपाको केन्द्रीय समिति बैठक मूल एजेन्डामा केन्द्रित हुन सकेनः ज्ञानेन्द्र शाही
_OzbYC6cHgm.jpg)
काठमाडौँ । राप्रपाका प्रवक्ता ज्ञानबहादुर (ज्ञानेन्द्र)शाहीले पार्टीको जारी केन्द्रीय समिति बैठक पार्टीको मूल एजेन्डामा केन्द्रित हुन नसकेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्, ‘कतै राप्रपा केन्द्रीय समितिको बैठक ‘कामकाज एकातिर कुम्लो बोकी ठिमितिर त भएन ?’ राष्ट्र र देशवासीको हितका लागि अहिलेको अवस्थामा पार्टीलाई एकढिक्का बनाएर मूल एजेन्डामा केन्द्रित गर्नुपर्नेमा उनको जोड छ ।
संविधान संशोधनको विषयमा राजनीतिक दलहरूका बिचमा छलफल चलिरहेकाले राप्रपाले पनि यो विषयमा आफ्नो धारणा स्पष्ट पार्नुपर्ने शाहीले बताए ।
संविधान संशोधनका एजेन्डाको पहिलो नम्बरमै शाहीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहितको शासकीय स्वरूपको प्रस्ताव गरेका छन् । एक जना व्यक्ति दुई पटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने गरी संविधान संशोधन गर्नुपर्नेमा पनि उनको जोड छ ।
जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था’, राप्रपाका प्रमुख सचेतक समेत रहेका शाहीको प्रस्ताव छ ।
प्रदेश संरचना, धर्म निरपेक्षता, राष्ट्रपति र राजाको बारेमा जनमत सङ्ग्रह जस्ता विषयमा समेत उनले पार्टीले निर्णय लिनुपर्ने बताए ।
संविधान संशोधनका लागि अन्य एजेन्डा समेत पार्टीले अगाडि बढाउनुपर्नेमा शाहीको जोड छ ।
राप्रपाको केन्द्रीय समिति बैठक चलिरहेकै बेला शाहीले यस्तो धारणा बाहिर ल्याएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेशनल इभेन्ट म्यानेजमेन्ट एसोसिएसनको अध्यक्षमा रवि धमला
-
अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
-
राजावादीहरूले टाउको उठाउनुमा सबैभन्दा बढी खोट कम्युनिस्टमै देख्छु : जगन्नाथ खतिवडा
-
यी हुन्, नेविसंघले हालसम्म निर्विरोध जितेका स्ववियु अध्यक्ष र क्याम्पस (सूचीसहित)
-
नागार्जुन र तार्केश्वरका ३ वटा खाद्य गोदाममा छापा
-
सरकारले ल्याएका ५ अध्यादेश प्रतिस्थापन विधेयकका रूपमा प्रतिनिधिसभामा प्रस्तुत