स्केटिङ हाउसमा चन्द्रपुर नगरपालिकाले लगायो ताला
रौतहट । पूर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रनिगाहपुर स्थित चन्द्रपुर स्केट पार्क स्केटिङ हाउसमा नगरपालिकाले तालाबन्दी गरेको छ।
उपमेयर जयमाला चौधरी, र चन्द्रपुर नगरपालिका वडा ४ र नगरस्तरीय बाल सञ्जालका प्रतिनिधिसहितको संयुक्त अनुगमन टोलीले आज बिहान स्केटिङ पार्कमा तालाबन्दी गरेको हो।
स्केटिङ पार्कमा ससाना बालबालिकालाई श्रम गराइएको र दर्ता नभई चर्को शुल्क लिएर सञ्चालन गरेको कारण तालाबन्दी गरिएको उपमेयर चौधरीले बताएकी छिन्।
सुरक्षाको दृष्टिकोणले उच्च जोखिम रहेकाले पार्कले ठुलो दुर्घटना निम्त्याउने खतरा रहेको उपप्रमुख जयमाला चौधरीले बताइन्। चन्द्रपुर ४ स्थित बञ्जारा कम्प्लेक्समा रहेको स्केटिङ हाउसका संचालकद्वय प्रेम चौधरी र अनिकित राई दास लाई नगरपालिकाको कार्यालयमा उपस्थित हुन समेत जानकारी गराइएको बताइएको छ।
उक्त स्केटिङ् हाउसमा बालश्रम गराइरहेको गुनासोको आधारमा आइतबार अनुगमन गरिएको चन्द्रपुर नगरपालिकाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष प्रदेश र विश्वविद्यालय प्रदेशको स्थगित मतगणना आज १२ बजेदेखि सुरु हुने
-
शिक्षकहरूले गर्न लागेको आन्दोलनको औचित्य के ?
-
सभामुखले प्रमुख पाँच दलका मुख्य र प्रमुख सचेतकसँग छलफल गर्दै
-
अल्लोको कपडाबाट आकर्षक सामग्री
-
सुगम क्षेत्र छाडेर चिकित्सा शिक्षा पढ्न जुम्ला रोज्दै विद्यार्थी
-
पर्यटकका रोजाइमा अन्नपूर्ण आधार शिविर